खेलकुद

क्रिकेटमा दक्ष जनशक्ति उत्पादनका लागि पोखरामा दुई दिने तालिम सम्पन्न
पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ । तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष...
विश्व कप फुटबल २०२६
विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात
एजेन्सी ।  अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५ औं...
विश्व कप फुटबल २०२६
स्कटल्यान्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा
एजेन्सी ।  फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को...
विश्व कप फुटबल २०२६
मेक्सिकोको विजयी सुरुआत
घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। उत्साहपूर्ण वातावरणबीच खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। खेलको पाँचौं मिनेटअघि...
पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
पोखरा २६ जेठ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले ‘खेल सप्ताह’ आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित यहीं जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ आयोजना गर्ने लागिएको हो । समितिले राष्ट्रिय तथा ग्रासरुट तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । खेल सप्ताह आगामी असार ५...
नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट
काठमाडौँ । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई चीनलाई २२१ रनले हराएको थियो । जितका लागि दुई सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको...
एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।  मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाउनुभयो ।...
भारतमा जारी महिला साफ
साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई २–० ले हरायो
श्रीलंकालाई २–० ले हराउँदै साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’को विजेता बनेको छ। आइतबार गोवास्थित नेहरू रंगशालामा नेपाललाई जित दिलाउन रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले समान एक गोल गरे। नेपालले लगातार दुई खेलबाट ६ अंक बटुल्यो। पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो। सो खेलमा डिफेन्डर गीता रानाले निर्णायक गोल गरेकी थिइन्। दोस्रो खेलमा...
एसियन गेम्स छनोट खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । क्यानले बिहीबार आयोजित कार्यक्रमबिच खेलाडीको बिदाइ गरेको हो ।  छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन...
एसियन गेम्स छनोटमा चीनमाथि नेपालको जित
एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो। नेपालले दिएको १२६ रनकव लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो। चीनका लागि कप्तान जु मिंगेले ३० रन बनाइन्। बलिङमा नेपालकी रिया शर्माले २ विकेट हात पार्दा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले...