कृषि-पर्यटन

पानी माग्दै होटल संघ पोखरा खानेपानी संस्थानमा
पोखरा । पोखरेलीलाई सहज खानेपानी आपूर्तिका लागि होटल संघ पोखरा नेपालले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली सोमबार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानी जस्तो मानव जीवनका लागि आधारभूत आबश्यकताको सहज परिपूर्तिका लागि संस्थान गंभीर बन्न ध्यानाकर्षण गराएको थियो । संघको टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक...
पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल
पोखरा ।  पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो...
पोखराको फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने
पोखरा ।  होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै...
पोखराको हेम्जामा भाेलिदेखि आलु महोत्सवको
पोखरा ।१३ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव भोलिदेखि सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारीपूरा भएको छ । आलु महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्षसमेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल...
हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न
पोखरा, २८ पुस । हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरता पछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटन संग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा  हाइकर्स...
टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र
पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले...
गण्डकी प्रदेशमा घट्यो कृषि भूमि
पोखरा । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्क अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा  चार लाख लाख...
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्षआग्रह  गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी...
होटल संघ पोखराको अध्यक्षामा सुवेदी दाेहोरिए
पोखरा।  होटल संघ पोखरा नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । संघको बिहीबार पोखरामा सम्पन्न २१ औं अधिवेशन तथा ४२ औं साधारण सभाले १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा...
पोखराको लेकसाइडका होटलमा तिहारसम्म ३० प्रतिशत छुट
पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटलमा चाडपर्वका अवसरमा छुट दिइने भएको छ । पर्यटनको राजधानी पोखरामा होटल संघ नेपाल पोखरामा आवद्ध होटलहरुमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको हो । संघका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी संघ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा दसैंदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको...