खेलकुद

कोपा अमेरिका २०२४ः कोलम्बियाली कप्तान रोड्रिग्वेजले जित ‘गोल्डेन बल’
कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेजले सम्पन्न कोपा अमेरिकामा ‘गोल्डेन बल’ जितेका छन्। सम्पन्न कोपा अमेरिकामा उत्कृष्ट खेलाडी बन्दै रोड्रिग्वेजले ‘गोल्डेन बल’ जित्न सफल रहे। रोड्रिग्वेजले आफ्नो कप्तानीमा कोलम्बियालाई अपराजित राख्दै २३ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भए। यसक्रममा उनले ६ खेलमा ६ असिस्ट र १ गोल गरे। त्यस्तै, ४ खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित...
कोपा अमेरिका २०२४ः अर्जेन्टिनाकै लाउटारो मार्टिनेजलाई ‘गोल्डेन बुट’
अर्जेन्टिनाका लाउटारो मार्टिनेले सम्पन्न कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्। २६ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर सर्वाधिक ६ गोल गरे। अधिकांश खेलमा उनले बेन्चबाट सुरुआत गरेका थिए। समूहचरणमा क्यानडा र चिलीविरुद्ध १÷१ गोल गरे। समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध उनले २ गोल गर्दै अर्जेन्टिनालाई समूह विजेता बनाएका थिए। क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध...
कोपा अमेरिका २०२४ः इमिलियानो मार्टिनेजलाई ‘गोल्डेन ग्लोभ्स’
सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन्। अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाउन उनले ५ खेलमा ‘क्लिन सिट’ राखेका थिए। समूह चरणमा अर्जेन्टिनाले क्यानडा तथा पेरुलाई २–० र चिलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो। क्वार्टरफाइनलमा भने निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो।...
अर्जेन्टिनाले जित्यो सर्वाधिक १६ कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनाले विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’ को उपाधि जितेको छ। फाइनलमा कोलम्बियालाई १–० गोलले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन्। यस्तै, क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२ औं मिनेटमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरे।...
युरो कप २०२४ः स्पेनका रोड्री बने उत्कृष्ट खेलाडी
च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो कप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो कप उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताभर उनले १ गोल गरे।
युरो कप २०२४ः यामलले जिते ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड
युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका १७ वर्षीय खेलाडी यामलले ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड जितेका हुन्। युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यो संस्करणमा उनको सर्वाधिक असिस्ट हो। यामलले सेमिफाइनलमा फ्रान्सविरुद्धको...
स्पेन, चौथो पटक युरो कप च्याम्पियन बन्यो
स्पेन चौथो पटक युरो कफ फुटबलको च्याम्पियन बनेको छ। इंग्ल्याण्डलाई पराजित गर्दै युरोकप–२०२४ को उपाधि जितेसँगै स्पेनले चौथो पटक युरो कप च्याम्पियन बनेको हो। सोमबार राति १२ः४५ मा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधिमाथि कब्जा गरेको हो। स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले १÷१ गोल गरे। स्पेनका...
प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य
रामप्रसाद आचार्य प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुख बनेर आएका छन्। परिषद स्थापनाको ३ वर्षपछि आचार्य महाशाखा प्रमुखका रुपमा आएका हुन्। नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्। विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभवप्राप्त आचार्य यसअघि प्रदेश नीति तथा...
विभागीय आर्मी राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन
विभागीय त्रिभुवन आर्मी क्लब गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीप’ को फाइनलमा अर्को विभागीय नेपाल पुलिसलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।...
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको बास्केटबल उपाधि
म्याग्दीको बास्केटबल टिमले गण्डकी प्रदेशस्तरीय बास्केटबल पुरुषतर्फको उपाधि जितेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा म्याग्दीले उपाधि जितेको हो। फाइनल खेलको ओभर टाइममा म्याग्दीले पर्वतमाथि ७८–६८ को स्कोर निकाल्दै उपाधि जित्यो। निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको...