पोखरा

पोखरा ५ मा आयोजित ब्याडमिन्टन खेलका विजेतालाई पुरस्कार वितरण
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगता शनिबार सकिएको छ । गत असोज १६ गतेबाट सुरु भएको प्रतियोगितामा ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ प्रथम भएका छन् । बि लेबलतर्फ केशव बराल र प्रमोद बराल प्रथम भएका छन् । ए लेबलमा विश्व अधिकारी र अर्जुन मरासिनी द्वितीय, बि लेबलतर्फ...
समावेशी आमा समूहको साधारणा सभामा ९ जना सम्मानित
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित समावेशी टोलमा रहेको समावेशी आमा समूहको प्रथम साधारण सभामा ९ जना सम्मानित भएका छन् । सामाजिक कार्यमा सक्रिय समूहका ज्येष्ठ सदस्य ओमा गुरुङ, लालकुमारी गुरुङ, अक्षरी सुवेदी, कमलादेवी सुनुवार र कक्षा १२ उत्तीर्ण गरेका विवेक खतिवडा, सन्देश श्रेष्ठ, पवित्रा गिरी र सहारा खतिवडालाई सम्मान गरिएको हो ।...
ढिकालेथर सेवा समितिमा कार्की
पोखरा । ढिकालेथर सेवा समिति, पोखरा १२ को अध्यक्षमा पुनः गुप्तबहादुर कार्की निर्वाचित भएका छन् । समितिको १६औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले कार्कीको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बलबहादुर श्रेष्ठ, सचिवमा रोशनप्रसाद श्रेष्ठ तथा कोषाध्यक्षमा गोकर्ण रेग्मी छानिएका हुन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामचन्द्र अधिकारी, सञ्जय...
पोखरा महानगरको पसल अनुुगमन
पोखरा । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैं नजिकिएसँगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो । पोखरा वडा नम्बर २ रहेका भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एन्ड...
पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी
पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । आज ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गरे ।...
पाेखरासहित सुगम ८ विमानस्थल बिहान साढे ४ बजेबाट सञ्चालनमा
पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल आज  बिहान ४ : ३० बजेदेखि खुला भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम घटस्थापना दिन अर्थात असोज १७ गते आजदेखि कात्तिक १...
जनप्रकाश क्याम्पसको २० औं साधारण सभा
पोखरा । पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको २० औं साधरण सभा बुधबार भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद जीवन परियारले पब्लिक क्याम्पस देशको गहना भएको हुँदा सबै तहका सरकारले संरक्षण र दिगो सञ्चालनको लागि विशेष पहल गर्नुपर्ने बताए । समाज रुपान्तरण र...
भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई
पोखरा । नेकपा एमालेका युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथिका अवसरमा बुधबार भेटी वापत संकलित मध्यको केही रकम महेन्द्र माध्यमिक विद्यालयमा स्व.भरतराज/दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय...
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
पोखरा । पोखराको विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय बगर र अस्थायी ट्राफिक पोष्ट...
भोलिदेखि पोखरासहित ८ विमानस्थल बिहान साढे ४ बजेदेखि नै सञ्चालन हुने
पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल भोलिदेखि बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना अर्थात असोज १७ गतेदेखि कात्तिक १...