खेलकुद

फ्रान्स, मेक्सिको र नर्वे विश्वकपको अन्तिम १६ मा
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मंगलबार भएका खेलमा फ्रान्स, मेक्सिको र नर्वेले प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन्। किलियन एम्बाप्पे २ गोलसहित चम्किँदा एर्लिङ हालान्डले फेरि निर्णायक गोल गरे। सह–आयोजक मेक्सिकोले पनि लगातार चौथो क्लिनसिट कायम राख्दै सहज जित दर्ता गर्‍यो। हालान्डको निर्णायक गोल डलासमा भएको खेलमा नर्वेले...
जर्मनीलाई स्तब्ध पार्दै पाराग्वे विश्वकपको अन्तिम १६ मा
जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ बाटै बाहिरिएको छ।  १ सय २० मिनेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धापछि पाराग्वेले चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै ऐतिहासिक रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ। गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले उत्कृष्ट र अनुशासित रक्षात्मक प्रदर्शन गर्दै अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीको...
क्यानडा विश्वकपको प्रिक्वाटरफाइनलमा
लस एन्जल्स (अमेरिका)। स्टिफन युस्टाकियोले इन्जुरी समयमा गोल गरेपछि क्यानडाले सोमबार दक्षिण अफ्रिकलाई नाटकीय रूपमा १–० ले हराएर विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ । सहआयोजक क्यानडा विश्वकपको नकआउट चरणमा पुगेकै यो पहिलो पटक हो । दक्षिण अफ्रिकाले पनि पहिलो पटक समूह चरण पार गरेको थियो । पहिलो पटक नकआउट खेलेका यी दुई टिमबिचको खेल...
अग्रतालाई जाेगाउन नसक्दा जापान विश्वकपबाट बाहिरियाे
फिफा विश्वकप –२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित...
विश्वकपको नकआउट समीकरण पूरा
अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप–२०२६ को नकआउटअ समीकरण पूरा भएको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलसँगै सहभागी ४८ देशबाट १२ समूहको शीर्ष दुई र आठ वटा उत्कृष्ट तेस्रो टोलीसहित नकआउट पुग्ने ३२ टोलीको टुङ्गो लागेको हो । विश्वकपमा युरोपबाट सर्वाधिक १३ टोली नकआउट चरणमा पुगेका छन् । यस्तै अफ्रिकाबाट नौ, दक्षिण...
विश्वकपको चलिरहँदा नेपाली फुटबल निलम्बन
काठमाडौँ । विश्वभर फिफा विश्वकप–२०२६ को रौनक चलिरहँदा नेपाली फुटबल भने निलम्बनमा परेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चित कालिन प्रतिबन्ध लगाएको हो । फिफाले बुधबार जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ । निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ...
ब्राजिल समूह विजेता र मोरक्को उपविजेता बन्दै नकआउटमा
काठमाडौँ । विश्वकपको सफल टोली ब्राजिल र मोरक्को फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ अन्तर्गत अमेरिकास्थित मियामी स्टेडियममा ब्राजिलले बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो । यस्तै एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलले स्तब्ध बनायो । मोरक्को...
मेक्सिको र दक्षिण अफ्रिका अर्को चरणमा प्रवेश
काठमाडौँ । विश्वकप आयोजक मेक्सिको र दक्षिण अफ्रिका फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० गोलले हरायो । मेक्सिको समूहमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो । अर्को खेलमा दक्षिण अफ्रिकाले एसियाली टोली दक्षिण कोरियालाई १–० गोलले हराउँदै नकआउट चरणमा...
स्वीट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा प्रवेश
काठमाडौँ । स्वीट्जरल्यान्ड र आयोजक क्यानडा फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा स्वीट्जरल्यान्डले क्यानडालाई २–१ गोलले हरायो । स्वीट्जरल्यान्ड समूह विजेताको रुपमा अगाडि बढेको हो । यता क्यानडा पराजित भएपनि बोस्निया हर्जगोभिनालाई गोल अन्तरमा पछि पार्दै समुह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको हो ।बिहीबार नै...
अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा
आयोजक अमेरिका फिफा विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियम शुक्रबार राति भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलले हरायो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो । अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले ४३औँ मिनेटमा एक गोल गर्नुभयो ।...