मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात

messi-2

कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले फिफा विश्वकपमा सानदार सुरुवात गरेको छ ।

समूह ‘जे’ अन्तर्गत अमेरिकाको कन्सास रङ्गशालमा बुधबार बिहान भएकको खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्नुभयो ।

जारी विश्वकपमा मेस्सीको यो कीर्तिमानी पहिलो ह्याट्रिक हो । १७औँ मिनेटमा डिबस्स बाहिरबाट अल्जेरियाका दुई रक्षकलाई विट गर्दै मेस्सीले हानेको सोलो प्रहारले विपक्षी गोलरक्षकको हातमा लाग्दै जाली चुमेको थियो ।

त्यसपछि मेस्सीले ६०औँ मिनेटमा गर्नुभयो । मेस्सीले ७६औँ मिनेटमा डिबक्सबाहिरबाट हानेको प्रहार अल्जेरिकाका पाँच जना रक्षकलाई छल्दै गोल भएको थियो ।

ह्याट्रिक गरेसँगै मेस्सीले मैदान छाड्नुभएको थियो । यस खेलमा मेस्सीले सर्वाधिक छैटौँ पटक विश्वकप खेल्ने कीर्तिमान पनि बनाउनुभएको छ ।

साथै विश्वकपमा व्यक्तिगत गोल संख्या १६ पुर्‍यानुभएका मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजेको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि बराबरी गर्नुभएको छ । अब मेस्सीलाई यसै विश्वकपमा कीर्तिमान रच्ने अवसर सम्मुख आएको छ ।

यता खेलभर रक्षात्मक रणनिति अपनाएको अल्जेरियाले गोलका लागि दुई वटा फितला अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अङ्क बनाएको छ । अल्जेरियाले हारबाट विश्वकप यात्रा सुरु गरेको छ । एजेन्सी

प्रतिक्रिया