पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा हेटौडा विजयी बनेको छ । हेटाैडाले पोखरा महानगरपालिकालाई पराजित गरेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले विजयी बनेको हो । जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो ।...