राजनीति

राजनीति
एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा...
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, उम्मेदवारी मंसिर २ मा
पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहका रिक्त स्थानको चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर दल दर्ता आह्वान गरेको हो । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० असोज १६ सम्म दल दर्ता गर्न सकिने आयोगको सूचनामा भनिएको छ । मंसिर १६ मा तय...
त्रिदिप गुरूङ, अखिल (क्रान्तिकारी) गण्डकीको अध्यक्ष
त्रिदिप गुरूङ अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका अध्यक्षमा चयन भएका छन्। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलनबाट त्रिदिपको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। खुल्ला उपाध्यक्षहरुमा वसन्त भट्टचन, सरोजवल्लभ भट्टराई, अशोक मरहट्टा निर्वाचित भएका हुन्। त्यसैगरी, समावेशीतर्फको उपाध्यक्षमा कुलबहादुर बुढा निर्विरोध निर्वाचित भएका छन्। छात्रा उपाध्यक्षतर्फ सिता बराल निर्विरोध निर्वाचित भएका छन्। प्रमुख सचिवमा सुजन बास्तोला...
सुमन सुबेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष
सुमन सुवेदी, अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको अध्यक्ष बनेका छन्। जिल्लाको २३ औं सम्मेलनबाट सुबेदी अध्यक्षमा चुनिएका हुन्। जिल्ला सम्मेलनबाट सुवेदीको नेतृत्वमा ४१ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा प्रताप शाह र विक्कल थापा क्षेत्री चयन भएका छन्। सचिवमा मनिष तामाङ, सह–सचिवमा दिनेश गुरुङ, महेश घर्तिमगर, विदुर तिमल्सिना र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरिएको छ।
कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी
कास्कीका श्रीनाथ बराल नेकपा एसको सचिवमा विजयी भएका छन्। नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा बरालले १०७ मत ल्याएर विजयी बनेका हुन्। पार्टीको ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवारहरु प्रतिस्पर्धी थिए। सचिवमै उठेका पोखराका मेयर धनराज आचार्यले ७५ मतसहित पराजित बने। सचिव पदमा शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोमप्रसाद पाण्डेले १४१...
माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरिय परामर्श बैठक सकियो
नेकपा (माओवादी केन्द्र) को पोखरामा बसेको दुई दिने गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सकिएको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीको करीव एक दर्जन शीर्ष नेताहरुको उपस्थिति रहेको बैठक आइतबारदेखि सुरु भएको थियो। पार्टी मातहत गण्डकी प्रदेशभित्रका रहेका केन्द्रीय समिति सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु बैठकमा सहभागी थिए। बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा...
नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी
नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन्। उनले २ सय ७७ मत ल्याउँदा दिपक पौडेलले २ सय १० मत पाएका छन्। आचार्यको प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा विजयी बने। दिपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुल्लामा लालबहादुर राना र उपसचिव...
एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल निर्वाचित
नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन्। मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ मत ल्याउँदा सिग्देलले २ सय ४ मत पाए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट मानिन्छन्। उपाध्यक्षमा राजेश्वर ढकालले २ सय ७९ मत पाएर...
एमाले पर्वतमा गोविन्द पहाडीको प्यानल बिजयी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन्। पहाडीले प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १ सय २१ मतको अन्तरले पराजित गरेका हुन्। पहाडीको पक्षमा २ सय ४८ मत आउँदा शर्मालाई १ सय २७ मत प्राप्त भएको छ। अध्यक्षसहित ५ सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जितेका छन्। उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठलाई ६९ मतले...
एमाले बागलुङमा सर्वसम्मत नेतृत्व चयन
नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन्। बागलुङ बजारमा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन्। केसी बिद्यार्थी राजनीति हुँदै युवा संघमा लामो समय राजनीति गरेर...