अमेरिका

अमेरिकी डलरको भाउ उकालो लाग्यो
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको...
अमेरिकाको वासिङ्टन डिसीमा हवाई दुर्घटना, ६७ जनाको मृत्यु
वासिङ्टन डीसी। अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
अमेरिका । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो...
अमेरिकामा टिकटक सेवा बन्द
वासिङ्टन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो । प्रयोगकर्ताले...
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन आग्रह
वसिंगटन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ । देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सल्लाह जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सिएनएनले जनाएको छ । डोनाल्ड...
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षामा न्युयोर्कका शिव बानिया 
अमेरिका ।  कास्की जिल्लाबाट  कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेकाहरुको   एक मात्रै  साझा  सामाजिक  संस्था कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न  चौथो  महाधिबेशबाट शिब बानिया अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मूल मन्त्र भन्ने...
कार्यभार सम्हाल्नुअघि नै विवादमा डोनाल्ड ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै उनको कतिपय निर्णयलाई लिएर विवाद सुरु भएको छ । ट्रम्प पहिलादेखि नै यौन काण्डमा मुछिएका थिए । यसैबिच उनले आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिहरूलाई मनोनयन गरेका छन् । यस्तो अवस्थामा विवाद चर्किएको छ । ट्रम्पले भर्खरै म्याट गेट्जलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेका...
नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगित
न्युर्योक ।  अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीसले स्वीकार गरेका बीबीसीले जनाएको छ । सन् २०१६ को चुनावअघि एक महिलासँगको...
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका...
अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता
न्युयोर्क । हिजो भएको अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा...