अमेरिका

भोटेकोशी बाढीको क्षतिप्रति कस्केली समाज अमेरिकाद्वारा दुःख व्यक्त,
अमेरिका । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति कस्केली समाज अमेरिकाले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। कस्केली समाज अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जनजीवन...
बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने
अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ । अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको...
इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै संघर्ष अब धेरै लामो नजाने आफूलाई लागेको बताएका छन् । ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको दाबी गर्दै यो सम्झौता इरानका लागि सबैभन्दा उत्तम...
अमेरिकामै गिर्दैछ ट्रम्पको साख, निराश हुनेहरूको संख्या बढ्दै
एजेन्सी डोनाल्ड ट्रम्पका समर्थकहरू पछिल्ला निर्णयहरूबाट निराश देखिएका छन्, जसले रिपब्लिकन पार्टीलाई २०२६ को मध्यावधि निर्वाचन नजिकिँदै गर्दा चिन्तित बनाएको छ । अर्थतन्त्र, इरान युद्ध, र ट्रम्पका प्राथमिकताहरूसँग सम्बन्धित विभिन्न विषयमा रिपब्लिकन तथा स्वतन्त्र मतदाताको ठूलो हिस्साले असन्तुष्टि जनाएको छ । ट्रम्पका समर्थकहरूमा उत्साह घट्दै गएको छ, जसमा ३० प्रतिशतले निराशा वा डर व्यक्त गरेका...
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार सरकारले उपहार दिएको नयाँ बोइङ ७४७-८ जेट विमान सार्वजनिक गरेका छन्। करिब ४० करोड अमेरिकी डलर मूल्य बराबरको यो विलासी जम्बो जेटको परिमार्जन कार्य पूरा भएपछि ट्रम्पले यसलाई अनावरण गरेका हुन्। यो विमानलाई ‘उडिरहेको ह्वाइट हाउस’ का रूपमा रूपान्तरण गरिएको र यसको सुरक्षा, सञ्चार तथा प्रविधि अपग्रेड गरिएको छ।...
अमेरिका-इरान सम्झौता कार्यान्वयनका लागि स्विट्जरल्यान्डमा वार्ता हुने
मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका-इरान समझदारी कार्यान्वयन गर्न ‘प्रारम्भिक वार्ता’ शुक्रबार बर्नस्थित ‘स्विस रिसोर्ट कम्प्लेक्स’मा हुने योजना रहेको स्विट्जरल्यान्डले बिहीबार पुष्टि गरेको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्झौताको कार्यान्वयनका लागि ‘प्रारम्भिक वार्ता’ गर्न संयुक्त राज्य अमेरिका र इरानका साथै मध्यस्थकर्ता पाकिस्तान, कतार र अन्य सम्बन्धित देशले भोलि बर्गनस्टकमा भेट्ने छन्...
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट हुने कच्चा तेल निर्यातमाथि लगाइएको प्रतिबन्ध चाँडै पुनः लागू गर्न सकिने चेतावनी दिएका छन् । इरानसँगको युद्धविरामपछि विश्व ऊर्जा आपूर्तिको अवस्था स्थिर भएकाले अब रुसमाथि दबाब बढाउने समय आएको सङ्केत उनले दिएका हुन् । फ्रान्समा भएको जी–सेभेनको शिखर सम्मेलनको छेकोमा बोल्दै ट्रम्पले भने– ‘अब तेल आपूर्ति सामान्य...
पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
अमेरिका । पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित Village Green परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन...
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा हल्का सुधार देखिएको सर्वेक्षणले देखाएको हो । सर्वेक्षणअनुसार हाल ट्रम्पले जीवनयापन खर्च व्यवस्थापनमा पाएको समर्थन २४ प्रतिशत पुगेको छ । वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६...
वरिष्ठ लोक गायक रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक
काठमाडौं / नेपाली कलाकारिता, लोकगीत, दोहोरी गीत, भजन, तीजगीत, देउसी भैलो तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, कवि, लेखक तथा अग्रज पत्रकार रामप्रसाद खनालको नयाँ शिव भजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ। भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत संसार भर...