खेलकुद

खेलकुदले व्यक्तिगत स्वास्थ्य सँग-सँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्दछः मेयर आचार्य
पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं. १५ द्वारा आयोजित वडास्तरीय चार दिने बृहत् खेलकुद महोत्सव वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो। यो तेस्रो खेल महोत्सव हो। वडावासीहरूको व्यापक सहभागिताका बीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन...
पोखराकाे फेवातालमा भएकाे ड्रागन बोट रेसमा नेपाल उपाधिविहीन
पोखरा । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धामा नेपाल कुनै पनि उपाधि जित्न सफल भएन । फेवातालमा आयोजित २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लब टिमले शानदार प्रदर्शन गर्दै दोहोरो उपाधि हासिल गरेको हो । फेस्टिभलको फाइनल रेस...
पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस
पोखरा ।   पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आज सुरु हुँदैछ ।नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोेजना गरिएको हो । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन...
ड्रागन बोट रेसमा भाग लिन चिनिया खेलाडी पोखरामा
पोखरा । नयाँ वर्ष सन् २०२५ को अवसर पारेर पोखरा महानगरपालिका, चिनियाँ दूतावास र ड्रागन बोट एसोसिएसनले आयोजना गरेको ‘ड्रागन बोट रेस’ मा भाग लिन चिनियाँ खेलाडी पोखरा आइपुगेका हुन् । उनीहरु बिहीबार लिन्जीबाट १ सय २६ यात्रु लिएर सिचुआन एअरलाइन्सको चार्टर्डमार्फत पोखरा आएका हुन् । दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता पुस १४ र...
एनपिएलमा  उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।...
पोखरामा ड्रागन रेस प्रतियाेगिता हुने
पोखरा  । पोखरामा अन्तर्राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।  चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सुरू भए संगै यसल अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन लागेको पोखरा महानगर पालिकाका मेयर एवै नेपाल ड्रागन बोट संघका अध्यक्ष धनराज आचार्यले बताएका छन् । पोखरामा मंगलबार एक पत्रकार सम्मेलन गरी...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार...
एनपिएलमा पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौ‌ ।  प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले...
नेपाल प्रिमियर लिगमा आज आइतबार पनि दुई खेल
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आज  पनि  दुई खेल हुदैंछ । पहिलो खेलमा  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ। लुम्बिनीले सुरुवाती तीन खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा जित हात नपारे लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्स...
नेपाल प्रिमियर लिग क्रिकेटमा आज दुई खेल
काठमाडौं  : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । काठमाडौंमा जारी एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ...