समाचार

सर्वाेच्च अदालतले मंसिर १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने 
काठमाडाैं । मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वाेच्चको पूर्ण बैठकले यससम्बन्धी निर्णय गरेको हो ।  जेन-जी आन्दोलनका कारण सर्वाेच्चको मूलभवन जलेर खण्डहर भएपछि सर्वाेच्चले आंशिक सेवा मात्र सञ्चालन गर्दै आएको छ। जलेका फाइलहरू पुनर्प्राप्ति गरी नियमित सेवा सञ्चालन गर्न लागेको हो।
२० वटा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि २० वटा निवेदन परेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार जेनजी आन्दोलनअघि ९ र त्यसपछि ११ वटा निवेदन परेको हो। उज्यालो नेपाल पार्टी, गतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी, राष्ट्रिय जेन्जी पार्टी नेपाल, कम्युनिस्ट पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनयुग पार्टी, हाम्रो पार्टी नेपाल, नेपाली...
म्याग्दीमा एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२...
पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताउनुभयो । “सहज र निर्वाध रूपले गाडी चलाउन...
दोलखाको हिमपहिरोमा तीन जनाको मृत्यु, आठ जना बेपत्ता
चरीकोट। दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी...
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी...
नर्सको तलब वृद्धि हुने, सरकार र नर्सका प्रतिनिधिबिच सहमति
काठमाडौँ। आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच सहमति भएको छ। नर्सहरूको माग सम्बोधन गर्न शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सहमति गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए। वार्तामा गठित कार्यदलका एक सदस्यबाहेक सबैले सहमतिपत्रमा हस्ताक्षर गरेको डा. बुढाथोकीको भनाइ छ। उनका अनुसार वार्तामा सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। डा....
प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक युवा एमाले महाधिवेशनमा प्रतिनिधि बन्ने
काठमाडौँ । एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक ४० वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि बनाएको छ ।मंसिर २७ देखि २९ सम्म  पोखरामा हुने भनिए पनि महाधिवेशनकाे स्थान परिवर्तन गरेर काठमाडाैं हुने भएको हो । ११ औं राष्ट्रिय महाधिवेशन विधिमा चारमध्ये एक युवा प्रतिनिधि सुनिश्चित गरेको हो । एमाले केन्द्रीय पदाधिकारीको शनिबारको बैठकले...
प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री सुशीला कार्कीले आज  छलफल गर्ने भएकी छन्। अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ। प्रधानमन्त्री कार्कीले परिवर्तित...
असोज १२पछि ९३ हजार मतदाता थपिए
काठमाडौं । सूचिकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् । १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम...