समाचार

पोखरासँगै देशको माैसम तीन दिनसम्म प्रतिकूल रहने
पोखरा । पाेखरासहित  देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र...
पोखराकाे उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्चको न्यायाधीशमा सिफारिस
पोखरा । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका छन्। मङ्गलबार बसेको न्याय परिषद्को बैठकले लामो समयदेखि उच्च अदालतमा वरिष्ठताको अग्रपङ्क्तिमा रहेका उनलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो। न्याय परिषद्को यो निर्णयसँगै न्यायिक वृत्तमा बागचन्दले ढिलै भए पनि न्याय पाएको चर्चा सुरु भएको छ। यसअघि सर्वोच्च...
मनसुनी वायु कमजोर बन्दै, केहीदिन फाट्टफुट्ट वर्षा
काठमाडौँ ।  यो वर्षको मनसुनी वायु कमजोर हुँदै गएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । ३ अक्टोबर अर्थात् असोज १७ गतेदेखि नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ । सामान्यतया मनसुन नेपालमा सरदर जुन १३ मा प्रवेश गर्दछ र अक्टोबर २ मा बाहिरिने गर्दछ । यस वर्ष नेपालमा करिब ६ दिन...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका...
इन्धनको मूल्य बढेर आयो, निगमले मूल्य बृद्धि नगर्ने
काठमाडौं । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ। भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमनले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ ४४ पैसा, डिजेलमा २० रुपियाँ २१...
गण्डकीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
पोखरा ।  देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी,...
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ । सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ...
भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
काठमाडौं । रसुवामा गत भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  २० लाख सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विपद्को समयमा आवश्यक राहत तथा...
पहिरोले थुनिएको सोलुखुम्बुको हुँगा खोला बग्न थाल्यो, तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब ४० मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो। दूधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले  टेलिफोनमा कुरा गर्दै भने, ‘खोला ठूलै छ । एकछिन त पूरै थुनिएको थियो । करिब...
जलवायु क्षतिपूर्तिका लागि नेपालले खोज्यो न्युजिल्यान्डको साथ
काठमाडौँ । जलवायु क्षतिपूर्तिका लागि नेपालले न्युजिल्यान्डलाई समेत रचनात्मक सहयोगका लागि अनुरोध गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज भएको टेलिफोन वार्तामा भोटेकोशी बाढी र जलवायु न्यायका विषयमा छलफल भएको हो । प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्य तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता सबै...