मनोरञ्जन

माछापुच्छ्रे गाउँपालिकाकाे ल्वाङमा सिनेमा संवाद
पोखरा ।  चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद  भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी उद्घाटन गरिन् । कार्यक्रम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले सिनेमाले समाजको कथा भन्ने भएकाले समाज रुपान्तरण र चेतना परिवर्तनमा संवाहक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सिनेमा केवल मनोरञ्जनको साधन मात्र...
सिनेमा संवाद : सिनेमामा द्वन्द्व कति आवश्यक ?
पोखरा ।  पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ मा अभिनेता निखिल उप्रेतीले खिरमा ल्वाङ हाल्ने किन नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिका पस्किए । उनले भने, ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खानलायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ ।’ चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले बर्सेनि...
कास्कीकाे पर्यटकीय गाउँ ल्वाङमा २ दिने ‘सिनेमा संवाद’ हुँदै
पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकास्थित पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी वैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको  सचिव सुरेश सुनारले जानकारी दिए । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा...
गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि…’ को म्युजिक भिडियो सार्वजनिक
पोखरा ।  गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि…’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भिडियो विमोचनपछि बोल्दै साहित्यकार/गीतकारहरू समाजकै अङ्ग भएकाले समाजसापेक्ष सिर्जना लेख्ने गरेको धारणा राखे । जीविकोपार्जनका लागि पेसागत रूपमा विविध क्षेत्रमा...
बले नामले परिचित कलाकार सागर लम्साल पक्राउ
काठमाडौं । प्रहरीले चर्चित कलाकार सागर लम्साललाई एक युवतीले लगाएको बलात्कार आरोपपछि पक्राउ गरेको छ । अमेरिका बस्दै आएकी एक युवतीले कलाकारिता संसारमा बले उपनामले चिनिने लम्सालले आफूलाई अमेरिकामा बलात्कार गरेको आरोप लगाएपछि  प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौंको बुढानीलकण्ठको कपन बालुवाखानीबाट पक्राउ गरिएको बताए । लम्साललाई अमेरिकामा...
अमेरिका र नेपालबाट एक साथ रिलिज भयो रामप्रसाद खनालको सन्देशमूलक गीत “केही नगरी बस्यो भने”(भिडियो)
वाशिङ्गटन डिसी / लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज, लोकप्रिय गायक एवम् सुप्रसिद्ध कलाकार, पत्रकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकामा भर्खरै रिलिज भएको छ । खनालको नयाँ गीत ” केही नगरी बस्यो भने ” नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजे देखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे ( न्यूयोर्क समय...
पोख्रेली लोक दोहोरी गायक हिमलालको दिलको ढोका सार्वजनिक
पोखरा । लोक दोहोरी गायक हिमलाल सुनारको लोक दोहोरी गीत दिलको ढोका सार्वजनिक भएको छ । भावना म्युजिक सोलुसनले आफ्नो युट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । दिपक अधिकारीको शव्द रहेको गीतमा गायक सुनार र अहिलेकी चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा सन्तोष सुवेदीले लय तथा संगित भरेका...
अमेरिकाबाट रामप्रसाद खनालले ल्याए नयाँ गीत “बाँकी छ हेर” (भिडिओ)
अमेरिका / “बाँकी छ हेर तिम्रो हाम्रो माया प्रीति फुल्न बाँकी छ, बाँकी छ हेर दुवै जना लुक्दै भाग्दै डुल्न  बाँकी छ ” भन्दै जाने मानेका वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले फेरि अर्को  नयाँ गीत “बाँकी छ हेर” बजारमा ल्याएका छन् । उनले उक्त गीतको  एल्बम  “बाँकी छ हेर” भर्खर अमेरिकाबाट  रिलिज गरेका...
चोलेन्द्र र तुलसीको “घर मेरो कास्की” सार्वजनिक (भिडियोसहित)
पाेखरा ।  लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो...
पूर्णबहादुरको सारंगी बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा र २७ करोड संकलन गरेको जानकारी दिए । उनले चलचित्रले मंगलबारसम्म  रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए ।  नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल...