एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात

mahila criket

काठमाडौँ । नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।  मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाउनुभयो ।

यस्तै उपकप्तान पूजा महतोले अविजित २८ र कप्तान इन्दु बर्माले ६ रन बनाउनुभयो । बलिङ कतारका लागि शाहरीनवाब खान र खादिजा अमदले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ७६ रन बनारोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको बनाएको थियो ।

कतारका लागि ओपनर गितरुडु चण्डिरुले सर्वाधिक २५ रन बनाउनुभयो । यस्तै कप्तान आयसाले १० रन बनाउँदा अन्य खेलाडील्े दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी रुबिना क्षेत्रीले तीन विकेट लिनुभयो । कविता कुवँर, रिया शर्मा र पूजा महतोले एक एक विकेट लिनुभयो । समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार भुटानसँग खेल्नेछ । समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।

१८ देशको सहभागिता रहेको प्रतियोगितामा सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन र मंगोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।

समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुनेछन् । यसअघि मलेसियामै सम्पन्न एसियन गेम्स छनोटबाट नेपाल बाहिरिएको थियो ।

प्रतिक्रिया