खेलकुद

जाउलाखेल आहा ! रारा गोल्ड कपको क्वाटरफाइनलमा
जाउलाखेल युथ क्लव पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइलनमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा विहिबार भएको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोलले हराउँदै अन्तिम क्वाटरफाइनलको यात्रा तय गरेको हो। खेलको ३८ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाको निणार्यक गोलमा जावलाखेलले मच्छिन्द्रलाई हरायो। विपक्षी टिमका एक डिफेण्डरसहित गोलरक्षक विशाल श्रेष्ठ अगाडि...
आईसीसी–१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित
आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हार्न पुगेको हो। नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले...
विभागीय आर्मी आहा रारा गोल्ड कपको क्वाटरफाइनलमा
विभागीय त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। बुधबार भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै आर्मीले क्वाटरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे। भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। अब, आर्मीले सेमिफाइनल प्रवेशका लागि संकटा...
२३ औं संस्करणको आहा ! रारा गोल्ड कप सुरु
पोखरामा आहा ! रारा पोखरा गोल्ड कप सुरु भएको छ। सहारा क्लवको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु भएको हो। पोखराका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उक्त प्रतियोगितालाई पोखरा महानगरले संरक्षकको भूमिका निर्वाह गरेको छ। प्रतियोगितामा १ विदेशीसहित १२ टिमको सहभागिता छ। प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ। त्यसैगरि,...
आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित
आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ। दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ’डी’ मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो। त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको...
हेल्प नेपालले जित्यो टाइगर कप भलिबल पुरुषतर्फको उपाधि
चौथो संस्कारणको टाइगर कपको उपाधि टिपटप हेल्प नेपालले जितेको छ। शनिबार पोखरामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा घरेलु गण्डकीलाई स्तब्ध बनाउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि जितेको हो। पोखरा रंगशालामा सम्पन्न खेलमा घरेलु गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जित्यो। खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै...
टाइगर कप महिलातर्फको उपाधिमा विभागीय एपीएफको ह्याट्रिक
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले टाइगर कप भलिबल महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ। आज (शनिबार) पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगिताको अन्त्यसँगै विभागीय एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो। यसअघि, एपीएफले टाइगर कप भलिबलको दोस्रो र तेस्रो संस्करणको विजेता समेत हो। यो जितसँगै एपीएफले लगातार तेस्रो उपाधि जितेको छ। यस संस्करणको फाइनलमा चन्द्रागिरी न्यु...
एपीएफलाई हराउँदै घरेलु गण्डकी टाइगर कप भलिबलको फाइनलमा
घरेलु गण्डकी प्रदेशको भलिबल टोली टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई पन्छाउँदै फाइनल प्रवेश गर्‍यो। गण्डकीले एपीएफमाथि २५–१७ ,...
हेल्प नेपाल टाइगर कप भलिबलको फाइनलमा
हेल्प नेपाल स्पोर्ट्स क्लबले टाइगर कप भलिबलको फाइनलमा स्थान बनाएको छ। पोखरामा जारी चौथो टाइगर कपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोट्र्स क्लबले फाइनल यात्रा तय गरेको हो। पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुनरागन गर्दै हेल्प नेपालले जित निकालेको हो। श्रीलंकाले पहिलो सेट २५–१८ जितेपनि त्यसपछिका सेटहरु भने लगातार गुमाउन पुग्यो।...
.टाइगर कप भलिबल: महिलातर्फ पुलिसलाई हराउँदै आर्मी तेस्रो
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो बनेको छ। शुक्रबार भएको खेलमा आर्मीले आर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो। पोखरा रंगशालाको कोर्टमा पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने गुमाउन पुग्यो। दोस्रो सेटमा पुलिसले १८–२५ ले जित निकाल्यो। त्यसपछि आर्मीले लगातार २ सेट...