खेलकुद

विद्यालयस्तरीय हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि
पोखरा ५ असार । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच...
ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु
पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ...
इङ्गल्यान्ड र घानाको विजयी सुरुवात
इङ्गल्यान्ड र घानाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेका छन् । समूह ‘एल’ अन्तर्गत बुधबार राति भएको खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोलले हरायो । यही समूहको अर्को खेलमा अफ्रकी टोली घानाले पानमालाई १–० गोलले स्तब्ध बनायो । अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा इङ्गल्यान्डलाई जिताउन कप्तान ह्यारी केनले १२औँ र ४२औँ मिनेटमा दुई गोल गर्नुभयो ।...
कङ्गोसँग बराबरीमा रोकियो पोर्चुगल
फिफा विश्वकपको उपाधि दावेदार पोर्चुगल पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी कङ्गोसँग बराबरीमा रोकिएको छ । समूह ‘के’ अन्तर्गत एनआरजी रङ्गशालामा बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले कङ्गोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । विश्वकपमा ५२ वर्षपछि स्थान बनाएको अफ्रिकी टोली कङ्गोले पोर्चुगललाई बराबरीमा रोक्दै उत्साह जगाएको छ । खेलमा सुरुवाती अग्रता...
जोर्डनमाथि अस्ट्रियाको सहज जित
विश्वकपमा डेब्यु गरेको एीसयाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ । अमेरिकास्थित सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हरायो । अस्ट्रियाका लागि रोमानो स्मिडले २१औँ र मार्को अर्नाउटोभिकले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्नुभएको थियो । अस्ट्रियाले अर्को गोल ७६औँ मिनेटमा आत्मघाती उपहार...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात
कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले फिफा विश्वकपमा सानदार सुरुवात गरेको छ । समूह ‘जे’ अन्तर्गत अमेरिकाको कन्सास रङ्गशालमा बुधबार बिहान भएकको खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्नुभयो । जारी विश्वकपमा मेस्सीको यो कीर्तिमानी पहिलो ह्याट्रिक हो । १७औँ मिनेटमा डिबस्स बाहिरबाट अल्जेरियाका दुई रक्षकलाई विट गर्दै...
क्रिकेटमा दक्ष जनशक्ति उत्पादनका लागि पोखरामा दुई दिने तालिम सम्पन्न
पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ । तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष...
विश्व कप फुटबल २०२६
विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात
एजेन्सी ।  अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५ औं...
विश्व कप फुटबल २०२६
स्कटल्यान्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा
एजेन्सी ।  फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को...
विश्व कप फुटबल २०२६
मेक्सिकोको विजयी सुरुआत
घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। उत्साहपूर्ण वातावरणबीच खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। खेलको पाँचौं मिनेटअघि...