पोखरा

भिन्तुना र्‍यालीले नेपाल सम्वत ११४५ लाई पोखरामा स्वागत गरिने
पोखरा ।नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना र्‍याली प्रर्दशन गरिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचाः समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्‍याली निकालिने भएको हो । नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार यसवर्ष कार्तिक १७ गते शनिबार न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा मनाइँदै...
नेपाल प्रहरीको पेट्रोल पम्प निर्माण कार्य रोक्न उच्चको अन्तरिम आदेश
पोखरा । पोखराको रत्नपुरीमा नेपाल प्रहरीले बनाउन लागेको पेट्रोल पम्पको निर्माण कार्यलाई अगाडि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको इजलाशले पेट्रोल पम्प निर्माणको कार्य यथास्थितिमा राख्न  अन्तरिम आदेश गरेको हो । नागरिक समाज पोखराका तर्फबाट असोज ८ मा रिट परेका थियो...
नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव
पोखरा । चाड पर्वको सयममा पोखरामा रगत अभाव भएको छ । चाडपर्वले रक्तदान र संकलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले बताएको छ । दसैंका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेंगीका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई...
स्वास्थ्यप्रति वडाबासीलाई सचेत गराउन पोखरा ५ मा ३ योग साधना केन्द्र निर्माण
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा ३ वटा योग साधना केन्द्र निर्माण गरिएको छ । योगका माध्यमबाट वडाका बासिन्दालाई स्वास्थ्यप्रति सचेत गराउनुका साथै स्वस्थ नागरिक अभियान अन्तर्गत योग साधना केन्द्र स्थापना गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । मनकामना मन्दिर परिसरमा निर्माण गरिएको योग साधना केन्द्रको वडाध्यक्ष बरालले उद्घाटन गरे । वडाले मालेपाटन वडा...
सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई रुपन्देही पठाइयो
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई रुपन्देही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज रुपन्देही पठाइएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट आज बिहान ११ बजे रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार रुपन्देहीमा...
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जलनका बिरामीको निशुल्क उपचार हुने
पोखरा । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा जलेका बिरामीहरुको निशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कात्तिक २ गते बसेको स‌घीय मन्त्रिपरिषद बैठकले जलनपीडितको उपचार निशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । पोखराको सहित विभिन्न प्रदेशका सरकारी अस्पतालमा जलनका बिरामीको निशुल्क उपचारको व्यवस्था सरकारले गर्ने भएको हो । अब...
सहकारी ठगी
रविलाई म्याद थपका लागि लगियो अदालत, अदालत वरपरको सुरक्षा व्यवस्था कडा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि म्याद थप गर्न प्रहरीले अदालत लगेको हो । रविको म्याद थपका लागि कास्की प्रहरीले जिल्ला न्यायाधीश नवराज दाहालको इजलासमा उपस्थित...
प्रशासनले तोक्यो कास्कीमा निषेधित क्षेत्र, कुन कुन ठाउँ छन् त ?
पोखरा । सहकारी ठगीमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा भइरहेको प्रदर्शनलाई ध्यान राखेल कास्की जिल्ला प्रशसन कार्यालयले निषेधित क्षेत्र तोकेको छ । प्रशासनले कास्की जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शनगर्न नपाइने गरीे निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत...
रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइने, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई म्याद थपका लागि आज अदालत लान लागिएको हो । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरी कास्की पठाएको...
रवि प्रहरी हिरासतमा, ३ सय मिटरको दुरीमा समर्थकको प्रदर्शन (भिडियाेसहित)
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र चिप्लेढुंगास्थित मावनअधिकारचोक करिब ३ सय मिटरको दुरीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत छन् । त्यहाबाट करिब ३ सय मिटरको दुरीमा रहेको मानवअधिकारचोकमा उनका समर्थकले ‘रविदाइ हाइ हाइ’ भन्दै विरोध प्रदर्शन गरेका छन् । सहकारी गठी आरोपमा रविलाई पक्राउ...