पोखरा

युवा संघको महाधिवेशन उद्घाटन
सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना...
युवा संघ नेपालको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवशेनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनहुने भएको हो । पोखराको अमरसिंहचौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)...
एमाले कास्कीले गर्‍याे ३५० ज्येष्ठ कम्युनिस्टलाई सम्मान
नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका ३ सय ५० ज्येष्ठ कम्युनिस्टलाई नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले शनिबार एक साथ सम्मान गरेको छ । ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनित सदस्यलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेको अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक...
परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताउनुभयो । ‘कलिलो उमेरबाटै अरुको...
पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु
पोखरा । पोखरा महानगरपालिका – ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीकी प्रमुख शोभा पाण्डेले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याइएका चार जनामध्ये...
गण्डकीसहित ३ प्रदेशमा वर्षाको सम्भावना
पोखरा । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका...
मानव वेचविखनमा संलग्न ३ जना पक्राउ,५ महिलाको उद्धार
पोखरा । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा  प्रहरीले छापा मार्दा ५ जना महिलालाई उद्धार गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ती महिलाहरूलाई उद्धार गरी सुरक्षित आवास (सेफ हाउस) मा राखेको हो। अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।  रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी अभियोगमा...
एमाले कास्कीको कमिटीले पायो पूर्णता
पोखरा । नेकपा (एमाले) कास्कीको १० औं अधिवेशन भएको १ वर्षपछि कमिटीलाई पूर्णता दिएको छ । एमाले कास्कीको अधिवेशन २०८० चैत १० देखि १३ गतेसम्म भएको थियो । पार्टी विधानको धारा ६५ को उपधारा १ अनुसार १२, पार्टी विधानको धारा ६५ को उपधारा ४ अन्तर्गत पार्टी समायोजन र एकता प्रक्रियाबाट ८ जना सदस्य थपेर कमिटीलाई...
पोखरा १३ मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा श्रीराम सिग्देल
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित मोहरपानी आदर्श टोल विकास संस्थाको अध्यक्षमा पुनः श्रीराम सिग्देल निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशनले सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान सहसचिव हुन् । उनले विभिन्न संघसंस्थामा नेतृत्व गरिसकेकाा छन् । संस्थाको उपाध्यक्षमा श्रीराम बराल, सचिवमा शिवराज बराल, सहसचिवमा...
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने...