पोखरा

कास्कीका पत्रकारलाई अदालती रिपोर्टिङ सम्बन्धी तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिएका...
शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै
पोखरा । पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद...
फेन्सी तथा रेडिमेड व्यवसायी संघको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान सहित क्यालेन्डर विमोचन
पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले  २०८२ को टेबुल क्यालेन्डर विमोचन सहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्यालेन्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्यले आफू एस संस्थाको सदस्य रहेको नाताले पनि ब्यबसायी साथीहरुको समस्या जस्तोसुकै परिस्थितिमा...
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीकोे क्यालेन्डर बिमोचन एवं शुभकामना कार्यक्रम
पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीेले २०८२ सालको क्यालेन्डर बिमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । “आपसी प्रेम र सदभाव “भन्ने मान्यता लाई मनन गर्दै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा आयोजित क्यालेन्डर बिमोचन कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्राचार्य डा रवीन्द्र प्रसाद  श्रेष्ठले यस्ता कार्यक्रमले भावनात्मक एकता क़ायम भई कलेजको बिकासमा...
कास्की रेडक्रसले पायो पहिलो पटक महिला सभापति
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित हुनुभएको छ । १७ औँ जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएर उहाँले पहिलो महिला सभापतिको इतिहास बनाउन सफलहुनुभएको छ । उहाँले प्रतिष्पर्धी कृष्ण तिमिल्सेनालाई १ मतले पराजित गरी विजयी हुनुभएको हो । उर्मिलाले १ सय २७ मत ल्याउँदा तिमिल्सेनाले १ सय २६ मत पाउनुभएको निर्वाचन...
तीनकुटे घटनामा प्रक्रिया अनुसार पूर्वराजा ज्ञानेन्द्रको पनि छानबिन हुन्छ : एमाले नेता पोखरेल
पोखरा । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार,...
केपी ओली कप क्रिकेटमा गण्डकी र हिमालयनको दोस्रो जित
पोखरा । केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिन बुधबार गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको हो । १ सय ३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १ सय ६ रन बनायो...
पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल
पोखरा ।  पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो...
पोखरामा गुरुङ समुदायले मनाए ट्होटेँ पर्व
पोखरा ।  पोखरामा मंगलबार गुरुङ समुदायले ट्होटेँ पर्व मनाएका छन् । चैतको अन्तिम मंगलबार गुरुङहरूले सांस्कृतिक, एकताको मौलिक पर्वका रुपमा ट्होटेँं मनाएका हुन् । प्रत्येक साउन र चैतको अन्तिम मंगलबार सडकमा र्याली निकालेर उनीहरुले ट्होटेँ मनाउँदै आएका छन् । मंगलबार पनि तमुधिँ नेपालको अगुवाइमा पोखरामा ट्होटेँ पव मनाइएको हो । पोखरा सभागृहबाट सुरु भएको ट्होटेँ...
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको क्यालेन्डर बिमोचन
पोखरा ।बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८२ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशब बहादुर खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार अन्य व्यवसायीक मलहरू भन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मुल्यमा लिनको...