पोखरा

‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ को तयारी तीब्र
पोखरा–१६ स्थित बाटुलेचौरमा आयोजित ‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ चार दिनसम्म संचालन हुने भएको छ। पोखरा–१६ वडा कार्यालयको समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मूल आयोजक समितिकी संयोजक वडासदस्य राजकुमारी वाँनियाले जानकारी दिइन्। वडाभित्रका आमा समुहले मेलाको आन्तरिक तयारीलाई तीब्र पारेका छन्। परम्परागत रूपमा...
पोखराको एक विद्यालयमा तीजको खर्च कटाएर अक्षयकोषमा रकम
नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघु सितापाइला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष...
तारानाथ पहारी, पोखरा पर्यटन परिषदको अध्यक्ष
पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन्। परिषदको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी २ बर्षे कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। त्यसैगरी, परिषदको ६ जना सदस्य चुनिएका छन्। परिषदको सदस्यहरुमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम...
पोखराको मालेपाटनमा यस वर्ष पनि तीज विशेष कार्यक्रम
पोखरा–५, मालेपाटनमा यस वर्षपनि तीज गीत र महिलाहरुको खेलकुद प्रतियोगिता हुने भएको छ। तीजको अवसरमा सूर्यचन्द्र विकास समाज आयोजनामा १७ देखि २१ भदौसम्म मालेपाटन चौरमा उक्त प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जनाइएको हो। तीज विशेष कार्यक्रमअन्तर्गत खुला तीज गीत र अन्तरमावि छात्रा भलिबल प्रतियोगिता एवं स्रष्टा (महिला) सम्मान गरिने संस्थाकी अध्यक्ष कमला गौतमले जानकारी...
पोखराको लामाचौरमा यस वर्षपनि तीज महोत्सवको तयारी
पोखराको लामाचौरमा यस वर्ष पनि तीज महोत्सवले निरन्तरता पाउने भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको हो। संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुन गइरहेको सो महोत्सवका लागि नाकोड्स तयारीमा जुटेको छ। तीज...
पोखरामा नेवारी संस्कृतिको ताया मचा प्रतियोगिता
पोखरामा नेवारी संस्कृतिको महिला तथा पुरुष ताया मचा प्रतियोगिता सकिएको छ। गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको ताया मचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् । नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी २८ समूहको प्रतिस्पर्धा थियो।...
पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइयो
पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ। ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ। सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा...
पोखरामा पाल्पाको लाखे नाच देखाइदैं
पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ। सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ। न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताएका छन्। त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित...
पोखरामा अब्बल ६ युवालाई सम्मान
पोखरामा अब्बल ६ युवाहरु सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार नेकपा एमाले कास्कीले उनीहरुलाई सम्मान गरेको हो। एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवाहरु सम्मानित भएका हुन्। नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण...
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई सहयोग
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई व्यवसायिकहरुबाट सहयोग मिलेको छ। पोखरा महानगरपालिका–२९ को भण्डारढीकस्थित आदर्श हार्डवेयरले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवमा मञ्चलाई सहयोग गरेको हो। मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारको कोष वृद्धिमा सहयोग पुग्नेगरी सो हाडवयर्सका संचालक विजय गुरुङ र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई २५ हजार १३ रुपैयाँको...