Breaking 1

फिर्केखोला १२ गतेभित्र अतिक्रमणमुक्त बनाइने
पोखरा । पोखरा महानगरपालिकाको मध्यभाग हुँदै बग्ने फिर्केखोलालाई मङ्गलबारभित्र अतिक्रमणमुक्त बनाइने भएको छ । महानगरका आठ वडा हुँदै बग्ने करिब ६ किलोमिटर लामो यो खोलाको बहाव क्षेत्र (खोलाघर) मा बनेका संरचना आइतबारदेखि हटाउन सुरु गरिएको हो । पहिलो दिन आइतबार खोलाघर क्षेत्रमा रहेका आठ स्थायी र १२ अस्थायी गरी २० वटा संरचना हटाइएको छ ।...
पोखरा बसपार्कको जग्गा अपचलन
पोखरा ।  सरकारी निकायका पदाधिकारी र राजनीतिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरुद्ध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा–९, पृथ्वीचोकको बसपार्क । बसपार्क बनाउन २०३२ सालमा अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये अहिले २६ रोपनी मात्रै खाली छ । अधिकांश जग्गामा ‘सुकुमवासी’का साढे चार सय हाराहारी टहरा छन् । मुआब्जाका नाममा पोखरा उपत्यका नगरविकास समितिले सट्टाभर्ना...
पोखराको फेवातालमा अचानक डुंगा पल्टिएपछि…
पोखरा । बिहीबार बिहानको करिब ८ः४५ बजेको थियो । फेवातालको शान्त पानीमा पर्यटकहरू डुंगा चढेर बिहानीको आनन्द लिइरहेका थिए । अचानक तालमा एउटा मोटरबोट तीव्र गतिमा आयो । मोटरबोटले उठाएको ठूलो छालका कारण पर्यटक चढेको डुंगा एकाएक पल्टियो। “बचाउ… बचाउ…!” तालको बीचबाट चिच्याएको आवाज आयो । वरिपरि रहेका मानिसहरू चनाखो भए । स्थिति तनावपूर्ण बन्यो।...
पृथ्वीराज मार्गसँगैका अमरसिंहचाैरका टहरा हटाइयाे
पोखरा । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंहचौरका टहरा मङ्गलबार बिहान डोजर लगाएर हटाइएका छन् । त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफैं अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो । अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा टहरा रहेका थिए । सहरी...
पोखरामा तरबुजाखेती प्रति किसान आकर्षित
पोखरा ।  पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाक तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ । करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित हुनुहुन्छ । उहाँको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १०...
पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
पोखरा ।  पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मान गर्न लागिएको महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव...
रारा पोखरा स्पोर्टस् अवार्ड-२०८२
 प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाइफटाईम अचिभमेन्ट अवार्ड
दशौं संस्करणको रारा पोखरा स्पोटर््स अवार्ड–२०८२ मा टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको दशौं संस्करणको रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टि...
कास्कीको रुपा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन
रुपा । कास्कीको रुपा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बुधबार उक्त भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अधिकारीले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले नवनिर्मित भवनबाट जनताले सहज, छिटो, प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । भवन अनुसार सेवा प्रवाहलाई जनमुखी बनाउन...
पोखरा पब्लिक स्कुलका २ विद्यार्थीले ल्याए ४‍.० जिपिए
पोखरा । पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलबाट २०८२ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी २ विद्यार्थीले उच्चतम् ४.०० जिपिए ल्याएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार रोनिस खत्री र सक्षम पौडेलले ४.०० जिपिए ल्याएका हुन् । पोखार १४ हबेली मार्गका खत्री र भूमेश्वर मार्गका पौडेल नर्सरीदेखि सोही विद्यालयमा अध्ययन...
पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी। पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड पुग्ने मुख्य सडक मार्ग बेनी–जोमसोम सडक खण्ड मङ्गलबार बिहानदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडक माथिबाट ढुङ्गा र लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोली पहिरोस्थलमा पुगेर सडक...

Copy - Advertisement


 

This will close in 10 seconds