Breaking 1

पोखरामा जुवातास खेल्ने १७ जना पक्राउ
पोखरा ।कास्की  प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा दुई छुट्टाछुट्टै स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पहिलो घटना पोखरा महानगरपालिका वडा नं. १० स्थित रक्षामार्गमा घटेको हो । प्रहरी टोलीले छापा मार्दा ९ जना व्यक्तिहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारिएको थियो। उनीहरूको साथबाट नगद रु. २,२२,०८० र ४ बुक तास बरामद गरिएको छ। पक्राउ...
सञ्चारकर्मी ५ किमी दौडमा दीलिप र सरिता प्रथम
पोखरा । पोखरामा शनिबार भएको ५ किमी दौडमा समाधान दैनिकका दीलिप थारु र प्रमुख मिडियाकी सरिता गुरूङ पहिलो बनेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आफ्नो रजत महोत्सव ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत सम्पन्न दौडमा पुरुषतर्फ दिलिपले २१ मिनेट ०७ सेकेण्ड र महिलातर्फ सरिताले ३० मिनेट ४३.०६ सेकेण्डमा दौड पुरा गरी पहिलो बनेका हुन्...
लागु औषधसहित दुई जना पक्राउ, पाँच दिनको म्याद थप
पोखरा । लागु औषध गाँजासहित दुई जना युवायुवती पक्राउ परेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्म्रेमा लागु औषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सवारी जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। असार १८ गते राति करिब १० बजे लु.प्र.०१–००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई...
पोखरा वडा नं. ५ को सुविधासम्पन्न भवन उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । बिहिबार एक समारोहका बीच महानगरका प्रमुख धनराज आचार्यले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै उनले अब महानगरका ३३ वटा वडा मध्ये दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ९...
दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु
इटहरी ।  सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु...
पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थी गरे नमुना पत्रकार सम्मेलन
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टका  विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुति गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत् मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज...
चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवचः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ । एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोति ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘चुरे...
गण्डकी लोक ताराका लागि १८ जना छानिए, फाइनल असार ७ गते
पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी...
वागमतीको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
हेटौंडा । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले चालु आर्थिक वर्ष २०८१÷८२ को भन्दा तीन अर्ब वृद्धि गरेर बजेट प्रस्तुत गर्नुभयो । चालु आवको बजेट...
विपद् प्रतिकार्यमा तयारी रहन सशस्त्र प्रहरीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संभावित जोखिमको पूर्वआँकलन गरी तयारी अवस्थामा रहन शसस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गण्डकी प्रदेश सबैखाले विपद्को उच्च जोखिममा रहेकोले विपद् प्रतिकार्यको लागि तयारी रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको...