Breaking 1

राष्ट्रिय शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौं । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए ।...
चुनाव गराउन निर्वाचन आयाेग तयारीमा जुट्दै
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषय संविधानसँग जोडिएको भन्दै त्यसबारेमा मौन रहे पनि स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम...
तीन जना मन्त्रीको शपथग्रहण आज
काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा तीन नयाँ सदस्य समावेश गर्ने निर्णय गरेकी छन् । उनले पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीको जिम्मेवारी दिने सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार आगामी सोमबार तिनीहरूको शपथग्रहण हुने तय भएको छ । अधिवक्ता अर्याल काठमाडौं...
प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार
पोखरा । नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हालेकी छन्। जेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरेकी थिइन्। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर...
यस्ताे छ आजको माैसम
पोखरा । आज  दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। देशका पहाड भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज...
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । यससँगै उनी पहिलो महिला कार्यकारी प्रमुखको हैसियतमा पनि इतिहासमा दर्ज भएकी छन् । कार्कीलाई प्रतिनिधिसभाको चुनाव  छ महिनाभित्र  गराउने जिम्मेवारी दिइएको छ । जेन–जी आन्दोलनको चर्को दबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । त्यसपछि आन्दोलनकारी र सरोकारवाला पक्षबीचको छलफलले कार्कीलाई...
अन्तरिम सरकारबारे निर्णायक छलफल आज,  प्रधानमन्त्रीमा सुशीला कार्कीकाे नाम प्रस्ताव 
काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रियामा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिबीच नेपाली सेनाको समन्वयमा निर्णायक वार्ता हुने भएको छ । जेनजी युवाहरुले नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिसकेका छन् । आज हुने छलफलले सो प्रस्तावलाई औपचारिक मान्यता दिने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी आन्दोलन र...
पोखरामा जेनजी आन्दोलन हिंसात्मक, सरकारी र निजी सम्पत्तिमा आगजनी
पोखरा । जेनजी आन्दोलनले मंगलबार पोखरामा हिंसात्मक रुप लिँदै सरकारीदेखि निजी सम्पत्तिसम्म ध्वस्त बनाएको छ । बिहान ९ बजेदेखि सुरु भएको प्रदर्शन दिनभर उग्र बनेपछि संसद् भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको निवाससहित अधिकांश सरकारी निकायमा तोडफोड तथा आगजनी भयो ।आगलागी गरिएका कार्यालयहरु जलेर ध्वस्त भएका छन् भने महत्वपूर्ण कागजात नष्ट भएका छन् ।...
सर्वोच्च अदालतमा आगजनी
सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी
पोखरा । आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् । महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् । उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड र आगजनी गरिएको...

Copy - Advertisement


 

This will close in 10 seconds