Breaking 1

अध्यादेश जारी भएसँगै १ हजार ५ सय ९४ पदाधिकारी पदमुक्त हुँदै
काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।  नेपाल...
पश्चिमी वायु प्रभावले देशभर बदली
पोखरा। देशमा पश्चिमी  तथा स्थानीय वायुको प्रभावसँगै  पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश  स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने...
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको...
गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन
पोखरा । गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखराको मुस्ताङचोकमा रहेको प्रहरी अस्पतालको गण्डकी प्रदेशक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अस्पताल भवनले प्रदेशका प्रहरी कर्मचारी तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिक सुरक्षासँगै स्वास्थ्य सेवामा पनि प्रहरी संगठनको भूमिका...
प्रहरीलाई प्रविधिमैत्री बनाउनु आजकोआवश्यकता : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । “पछिल्लो समय डिजिटल अपराध बढ्दै गएकाले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउनुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो, “विगतका हिंसात्मक घटनाबाट सिकेर यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ ।” पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले...
भूकम्प स्मृति दिवसः २०७२ को त्रासदी सम्झिँदै सचेतनाको सन्देश
काठमाडौं । आज वैशाख १२ गते । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा देशभर विभिन्न कार्यक्रम गरी भूकम्प स्मृति दिवस मनाइँदैछ। वि.सं. २०७२ वैशाख १२ गते शनिबार पूर्वाह्न ११:५६ बजे  गाेखराको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपालभर ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पका कारण करिब ९ हजार जनाको ज्यान...
पोखराको शिशुवा–खुदीखोला सडक उद्घाटन 
पोखरा । पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । सो...
१० घण्टे स्विस अप्रेसनमा १२२ जना प्रकाउ
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे ‘स्विप अप्रेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अप्रेसन सञ्चालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार वैशाख ९...
सम्पत्ति छानबिन आयोगले थाल्याे काम
काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । विसं २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ । आयोगका नवनियुक्त अध्यक्ष...
नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभा जेठ ९ मा
पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ । वैशाख ६ गते आइतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्र अनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो । सोही अनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको...

Copy - Advertisement


 

This will close in 10 seconds