Breaking 1

संघीय संसद्को बजेट अधिवेशन आजदेखि
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५...
पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ
पोखरा । पोखराको बागलुङ बसपार्कमा सार्वजनिक स्थानमै झै–झगडा (ग्याङ फाइट) गर्ने ६ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराको बाझपाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१३ बाँझपाटनका २७ वर्षीय सुजन आलेमगर, कास्कीको मादी गाउँपालिका घर भई हाल बाँझपाटन बस्ने २३ वर्षीय...
जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति
मुस्ताङ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो । पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको...
नेपाल ‘ए’ सँग स्कटल्यान्ड स्तब्ध
काठमाडौँ । नेपाल ‘ए’ ले बिहीबार पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७७ रनको राम्रो स्कोर तयार पारेको थियो । पाहुना टिम स्कटल्यान्ड जवाफमा ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । आइसिसी विश्वकप लिग २...
रारा पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाे आयाेजनामा पाेखरामा हुने रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को मनाेनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले  वैशाख ३१ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदीमा आयोजना गर्ने  स्पोर्टस अवार्ड–२०८२ को चार विधाका मनाेनयन बिहीबार सार्वजनिक गरिएको हो । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र...
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आज बस्दै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची रहेको परिषद् सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको निर्देशनपछि परिषद् सचिवालयले बैठकको तयारी पूरा गर्दै सदस्यहरुलाई औपचारिक पत्राचार गरेको हो। संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको नेतृत्व रिक्त हुनुअघि...
संघीय पर्यटन मन्त्री पाैडेल र गण्डकीका पर्यटन मन्त्री रिमालबिच भेटवार्ता
काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस) र गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालबीच पर्यटन विकासका विविध विषयमा केन्द्रित रहेर छलफल भएको छ। भेटवार्ताका क्रममा मन्त्री रिमालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा ‘पर्यटनको राजधानी पाेखरा र  समग्र गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँले पोखरा...
पत्रकार सूर्यचन्द्र र कृष्णमणि पाेखरामा सम्मानित
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई  आज पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार  बस्नेत र बराललाई उक्त प्रतिष्ठित पुरस्कार अर्पण गरे। सम्मानको राशि १ लाख १ हजार १११ रुपैयाँ र दाेसल्ला...
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
मनिला । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार दिउँसो २ः०९ बजे (०६०९ जिएमटी) गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ । भूकम्प समर प्रान्त अन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित...
अध्यादेश जारी भएसँगै १ हजार ५ सय ९४ पदाधिकारी पदमुक्त हुँदै
काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।  नेपाल...

Copy - Advertisement


 

This will close in 10 seconds