Breaking 1

एमाले महाधिवेशन
ईश्वर पोखरेल प्यानल बनाएर ओलीसँग अध्यक्षमा प्रतिष्पर्धाको तयारीमा
काठमाडौँ  । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक गरेका छन् । तेस्रो कार्यकालका लागि ओली उठ्ने तयारीमा रहेका बेला पोखरेलले अलग प्यानल बनाएर मैदानमा उत्रिने गृहकार्य अघि बढाएका हुन् । महाधिवेशन २७–२९ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी...
निर्वाचनका लागि तीन दिन बिदा सिफारिस
काठमाडाै‌‌ । निर्वाचनको अघिल्लो दिन र भोलीपल्ट समेत सार्वजनिक बिदा दिन नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई सिफारिस गरेको छ। निर्वाचन हुने दिन सहित त्यसको अघि र पछि गरेर कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिँदा नागरिकलाई सहज हुने साथै नाम दर्ता रहेकै निर्वाचन क्षेत्र/बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन सक्ने प्रतिष्ठानकाे भनाइ छ । मन्त्रिपरिषदको निर्णयमार्फत्...
एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट
 मङ्सिर  । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै...
काटिएका सबै उद्योगमा जोडियो बिजुली
काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो...
भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न नेता खगराज अधिकारीको आग्रह
पोखरा। नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न आग्रह गर्नुभएको छ । जेनजी आन्दोलपछि उत्पन्न परिस्थितिमा लोकतन्त्रको जर्गेना र संविधानको रक्षाका लागि भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरामा प्रर्दशन गरेको र्‍ यालीपछि आयोजित कोण सभामा बोल्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट नै भष्ट्राचारको छानबिन सुरु गर्न...
पोखरामा ४५ जना सशस्‍त्र प्रहरी सहायक निरीक्षक दीक्षित
पोखरा । सशस्त्र प्रहरी बलका अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) बंशीराज दाहालले समय र परिस्थिति अनुसार सुरक्षा चुनौती बदलिने बताउनुभएको छ । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालमा सञ्चालन भएको सि.स. १७ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बिहीबार बोल्दै एआइजी दाहालले बदलिरहने सुरक्षा चुनौतीलाई सामना गर्ने...
दोलखाको हिमपहिरोमा तीन जनाको मृत्यु, आठ जना बेपत्ता
चरीकोट। दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी...
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी...
असोज १२पछि ९३ हजार मतदाता थपिए
काठमाडौं । सूचिकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् । १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम...
सरकार, दल र जेनजीका प्रतिनिधिबीच आज छलफल हुँदै
काठमाडौं ।  सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच  आज त्रिपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बालुवाटारमा ४ बजे बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन...