Breaking 1

तालवाराही मन्दिरदेखि दामोदर कुण्डसम्मको धार्मिक पर्यटन प्रवर्ध्दन यात्रा
लाे घेकर दामाेदर कुण्ड गाउँपालिका, मुस्ताङ । पर्यटकीय राजधानी पोखराको फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरदेखि मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिकामा पर्ने दामोदर कुण्डसम्मको धार्मिक पर्यटन प्रवर्ध्दन यात्रा गरिएको छ । पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ कार्यक्रम र नेपाल पर्यटक यातायात व्यवयासी संघ ( एनटिभिए) गण्डकी प्रदेशको संयुक्त आयोजनामा धार्मिक पर्र्यटन प्रवर्ध्दन यात्रा गरिएको...
जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
मनेहरि पाैडेल, पोखरा ।  कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको हो । कार्यसमितिको उपाध्यक्षमा श्याम प्रसाद तिमिल्सेना चयन भए । सचिवमा गुरु प्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चुनिए ।...
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए...
कङ्गोसँग बराबरीमा रोकियो पोर्चुगल
फिफा विश्वकपको उपाधि दावेदार पोर्चुगल पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी कङ्गोसँग बराबरीमा रोकिएको छ । समूह ‘के’ अन्तर्गत एनआरजी रङ्गशालामा बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले कङ्गोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । विश्वकपमा ५२ वर्षपछि स्थान बनाएको अफ्रिकी टोली कङ्गोले पोर्चुगललाई बराबरीमा रोक्दै उत्साह जगाएको छ । खेलमा सुरुवाती अग्रता...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार सुरुवात
कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले फिफा विश्वकपमा सानदार सुरुवात गरेको छ । समूह ‘जे’ अन्तर्गत अमेरिकाको कन्सास रङ्गशालमा बुधबार बिहान भएकको खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हरायो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्नुभयो । जारी विश्वकपमा मेस्सीको यो कीर्तिमानी पहिलो ह्याट्रिक हो । १७औँ मिनेटमा डिबस्स बाहिरबाट अल्जेरियाका दुई रक्षकलाई विट गर्दै...
तालबाराहीदेखि दामोदर कुण्डसम्मको धार्मिक यात्रा सुरु
पोखरा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ। पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) को संयुक्त आयोजनामा यो यात्रा सुरु भएको हो। मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको...
तालबाराहीदेखि दामोदर कुण्डसम्म धार्मिक पर्यटन प्रवर्द्धन यात्रा
पोखरा । धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै गण्डकी प्रदेशका प्रमुख तीर्थस्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप स्थापित गर्ने उद्देश्यसहित पोखराको तालबाराही मन्दिरदेखि मुस्ताङको पवित्र दामोदर कुण्डसम्म विशेष धार्मिक तथा पर्यटन प्रवर्द्धन यात्रा  भाेलिदेखि हुँदैछ । पोखरा महानगरपालिकाले घोषणाा गरेकाे ‘पोखरा भ्रमण वर्ष’ अभियान र नेपाल पर्यटक यातायात व्यवसायी संघको संयुक्त आयोजनामा  भाेलिदेखि ५ दिने धार्मिक...
विश्व कप फुटबल २०२६
स्कटल्यान्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा
एजेन्सी ।  फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को...
गण्डकीमा योजना छनोट र बजेट खर्चमा चरम बेथिति
पोखरा । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेशमा योजना छनोट र बजेट खर्चमा चरम बेथिति रहेको औंल्याएको छ । कार्यालयले सार्वजनिक गरेको आठौं वार्षिक प्रतिवेदन अनुसार प्रदेश सरकारले आफ्नै नीति र कानुनको उल्लंघन गर्दै बजेट परिचालन गरेको छ । गण्डकी प्रदेशले बनाएको दोस्रो पञ्चवर्षीय योजनामा ६८ वटा रुपान्तरणकारी आयोजनाहरु समावेश छन् । तर मन्त्रालयहरुले ती आयोजनामा...
कास्कीमा १ हजार थान एलएसडीसहित विभिन्न लागू औषध बरामद
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनाभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १४ वटा लागूऔषध मुद्दा दर्ता गरी २० जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये १८ जना पुरुष र २ जना महिला रहेका छन्। प्रहरीका अनुसार जेठ महिनामा ८ किलो ४५० ग्राम गाँजा, ६८ एम्पुल डाइजापाम, ९३ एम्पुल फेनरागन, ८० एम्पुल बुप्रेनोर्फिन, ३०...

Copy - Advertisement


 

This will close in 10 seconds