Breaking 1

प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...
समावेशी टोल विकास संस्थाको अध्यक्षमा पाण्डे
पोखरा । पोखरा १४ चाउथेस्थित समावेशी टोल विकास संस्थाको अध्यक्षमा रामप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । शनिबार भएको संस्थाको १२ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको संस्थापक सदस्य पाण्डेले दुई कार्यकाल सदस्य र दुई कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन् । संस्थाकाे  उपाध्यक्षमा शान्ति परियार, सचिवमा...
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन: अध्यक्षसहित अधिकांश पदमा त्रिपक्षीय भिडन्तको सम्भावना
पोखरा । पोखराको जेठो निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा अध्यक्षदेखि अधिकांश पदाधिकारीसम्म त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। उम्मेदवारी घोषणा र सम्भावित आकांक्षीहरूको सक्रियतासँगै चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। अध्यक्ष पदका लागि हालसम्म शोभा गौतम, बलराम आचार्य र उत्तममान बुद्धाचार्यले उम्मेदवारी घोषणा...
आठ वटा सुरुङमार्ग बन्दै तेइस अध्ययन क्रममा
काठमाडौँ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । योबाहेक अहिले मुलुकभरि आठ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित २३ वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन क्रममा छन् । प्रस्तावित सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङमार्गको विभिन्नखाले अध्ययनका लागि ६७ करोड...
शीतलादेवी मावि व्यवस्थापन समितिको अध्यक्षमा दीपक कार्की 
पोखरा । शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा १२ को व्यवस्थापन समिति अध्यक्षमा दीपक कार्की चयन भएका छन् । शनबिार आयोजित अभिभावक भेलाले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चुनेको हो । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिन नयाँ नेतृत्व चयन गरिएको हो । भेलाले व्यवस्थापन समितिको सदस्यमा रमेशप्रसाद बराललाई चयन गरेको छ...
पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको उम्मेदवारी घोषणा
पोखरा – पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि वर्तमान उपाध्यक्ष (उद्योग) दिनेशचन्द्र बाँस्तोलाले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै बाँस्तोलाले उद्योगी तथा व्यवसायीहरूको साथ, सहयोग र मार्गदर्शनबाट आफूले संघमा दुई कार्यकाल (२०७५–०७७ र २०७७–०७९) प्रत्यक्ष निर्वाचित कार्यसमिति सदस्यका रूपमा काम गर्ने अवसर पाएको स्मरण गरेका छन्।...
ग्लोबल मिडिया सम्मेलनमा भाग लिन नेपालय नेटवर्कका सम्पादक माधव बराल सहित पौडेल जापान प्रस्थान
पोखरा । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ मा सहभागी हुन पोखराका पत्रकारहरू जापान जाने भएका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र कास्की शाखा अध्यक्ष तथा नेपालय नेटवर्क डटकमका सम्पादक माधव बराल सो सम्मेलनका लागि जापान जान लागेका हुन्। आगामी सन् २०२६ जुलाई २५ तारिखका...
भारतको सिक्किम सुरुङ दुर्घटनामा ९ जनाको मृत्यु
भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मंगलबार बताएका छन् । दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका...
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
काठमाडौ ।  सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३...
स्पेन दाेस्राे पटक विश्व कप विजेता
फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यो स्पेनको इतिहासमा दोस्रो पुरुष विश्वकप उपाधि हो। सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जितेको थियाे। न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार भएको फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो...