Breaking 1

कलम सहकारीको रक्तदानमा १०७ यूनिट रगत संकलन
पाेखरा, ७ भदाै । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा बुधबार पाेखराकाे पालीखेचोकमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना गरिएकाे रक्तदानमा १०७ यूनिट रगत संकलन भएकाे छ । सम्पन्न १३ औ खुल्ला रक्तदान कार्यक्रम कलम बचत तथा ऋण सहकारी संस्था...
टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते
टोकियो । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प पाँच...
गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
पोखरा ।  देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । ...
पोखराका उद्योगी व्यवसायीलाई चुनाव लाग्यो
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभाको मिति नजिकिएसँगै पोखराका उद्योगी र व्यवसायीहरूबीच चुनावी सरगर्मी बढेको छ । यही भदौ २० र २१ गते हुने अधिवेशनमा संघको नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान उपाध्यक्ष बलराम आचार्य र वर्तमान महासचिव शोभा गौतम आ–आफ्नो...
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा सदस्यका १० उमेदवारहरु एक भएर जाने
पोखरा । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका १० आकाक्षी उमेदवारहरु एकाकार भएर जाने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक उमेदवारहरुबीच भएको छलफलबाट एकाकार भएर अध्यक्ष तथा पदाधिकारीको साझा कार्यसमिति सदस्यको उम्मेदवारका रूपमा एकजुट...
भारतीय सेना प्रमुख पोखरामा
भूपू गोरखा सैनिक भारत र नेपाल सम्बन्धका सेतु : सेठ
पोखरा । भारतीय सेनाका प्रमुख धीरज सेठले भारतीय सेनामा सेवा गरेका गोरखा भूतपूर्व सैनिकहरू भारत र नेपालबिचको ऐतिहासिक मित्रता, विश्वास र सम्बन्धका जीवित प्रतिनिधि भएको बताउनुभएको छ । चारदिने नेपाल भ्रमणका क्रममा पोखरा आउनु भएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा आज बुधबार आयोजित कार्यक्रममा बोल्दै गोरखा सैनिकको वीरता, त्याग र योगदानले भारत–नेपाल सम्बन्धलाई...
नेपाल र बंगलादेशका फोटो पत्रकारद्वारा पोखरा रगंशालामा वृक्षरोपण
पोखरा । नेपाल र बङ्गलादेशबीचको मित्रता, भाइचारा तथा फोटो पत्रकारबीचको दीगो सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षरोपण कार्यक्रम भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएको बङ्गलादेश फोटो जर्नलिस्ट एसोसिएसनको १२ सदस्यीय टोली र नेपाली फोटो पत्रकारहरूको सहभागितामा दुई देशको मित्रताको प्रतीकस्वरूप आँप तथा विभिन्न फूलका बिरुवा...
विजयपुर खोलाले बगाएका दुई बालककाे पहिचान खुल्यो
पोखरा । पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो दुई जना बालक खोलाले बगाएर बेपत्ता भएका छन् ।  पोखरा  १४ विजयबस्ती नजिकबाट वडा नम्बर २६ सक्नेरीतर्फ जाने क्रममा दिउँसो करिब १ बजेतिर उनीहरुलाई खोलाले बगाएको हो । भगवती हाइड्रोपावर नजिकै खोला तर्दा  दुई बालक बेपत्ता भएकाे प्रहरीले बताएको छ । प्रहरीका अनुसार स्याङ्जा बिरुवा गाउँपालिका...
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
पोखरा । मोदीखोलाको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको बिहान ८ः१५ बजे उद्धार गरिएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट खटिएको रोप–रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकामा...
कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाइ
अन्नपूर्ण । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिमा गरेका कार्य सम्पादन, विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम  गरेको छ। मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ सिम्पालीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाका सूचना अधिकारी ऋषिराम दाहालले उक्त अवधिमा गाउँपालिकाबाट भएका विभिन्न गतिविधि तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा...