Breaking 1

अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन विराटनगरमा सुरु
विराटनगर । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सलाइन उत्पादन गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा गाउँपालिका–२ मा स्थापना गरिएको ‘एलेक्सा लाइफ साइन्सेज’ उद्योगको औपचारिक उद्घाटन गरिएको छ। एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको यस उद्योगले स्वदेशमै उत्पादनमार्फत सलाइनको आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।  उद्योगले यसअघि नै उत्पादन सुरु गरिसकेको भएपनि  वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले...
एक वर्षमा ७ हजार ६४८ विपद्का घटना, सबैभन्दा बढी आगलागीका
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र...
एक वर्षमा सात हजार पाँच सय विपद्का घटना
काठमाडौँ ।  एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो...
मन्त्री परिषद्को बैठकले के के गर्‍याे त निर्णय ?
पोखरा । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित...
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
काठमाडौं ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजे  बसेको मन्त्रिपरिषद् बैठकले   आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको छ । त्यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय...
फेवाताल किनारमा चल्याे डाेजर, ३२ बढी टहरा भत्काइए
पोखरा। फेवाताल  संरक्षणलाई केन्द्रमा राख्दै गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रशासनले ताल किनारमा बनाइएका ३२ भन्दा बढी अस्थायी टहराहरू हटाएको छ। शनिबार बिहानदेखि डोजर प्रयोग गरेर सञ्चालन गरिएको अभियानले ताल अतिक्रमण नियन्त्रणतर्फ महत्वपूर्ण कदमको संकेत दिएको छ। नवगठित संघीय सरकारले फेवाताल अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्दै तीन महिनाभित्र अभियान सुरु गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले तय...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पोखरामा २ सय २ रुपैंयाँ
काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । १ चैतमा १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ र...
नेपाली नयाँ वर्षमा पोखरामा २१ औँ  फेवा नववर्ष महोत्सवको तयारी
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको महोत्सव आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव यसपटक पर्यटन, संस्कृति र खानालाई केन्द्रमा राखेर आयोजना गरिएको होटल संघ पोखराका...
गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना
काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ। अर्थ मन्त्रालयले सात रुग्ण तथा बन्द सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढाउने क्रममा एसियाली विकास बैंक (एडीबी) मार्फत तयार गरिएको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको हो। गोरखामा रहेकाे उद्योगको हालकै प्लान्टबाट समेत टायर...