खेलकुद

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएको छ। संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा जित निकाल्यो। इन्द्र राज्यलक्ष्मी माविको...
पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान
पत्रकार उमेश पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सहारा क्लबको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित एक कार्यक्रमबीच फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नगद, दोसल्ला र सम्मानपत्रबाट पत्रकार पुनलाई सम्मानीत गरे। पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ। पुन झण्डै एक दशकदेखि नागरिक दैनिक...
फोटो पत्रकार उमेश पुनलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार
फोटो पत्रकार उमेश पुनलाई यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिने भएको छ। सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ। प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते बसेको क्लवको बैठकबाट उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जनाएको...
दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित
म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। म्यानमारस्थित थुउन्ना रंगशालामा आज (सोमबार) भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो। म्यानमारका लागि विन नैइग तुनले गोल गरे। उनले खेलको दोस्रो हाफमा गरेको एक मात्र गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो। विनले खेलको ८६ औँ मिनेटमा निर्णायक गोल गरे।...
नोभाक जोकोभिचले जिते, यूएस टेनिस ओपनको उपाधि
सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन्। ३६ वर्षीय जोकोभिचले आज (सोमबार) बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन्। यो उनको करियरको २४ औँ ग्राण्ड्स्लाम उपाधि हो। यो जितपछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन्। जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन,...
पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल–म्यानमारको बराबरी
पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ। आज (शुक्रबार) म्यानमारको थुवुन्ना रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन। विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ। नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग २ मैत्रीपुर्ण फुटबल खेल्नेछ। दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल...
महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट: सेमिफाइनलमा थाईल्यान्डसँग नेपाल पराजित
नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ। पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ। आज (शुक्रबार) भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो। थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो। नेपालका लागि कविता...
नेपाल एसिया कप क्रिकेटको प्रतियोगिताबाट बाहिरियो
एसिया कप क्रिकेटमा भारतसँगको हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बन्न पुग्यो। डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले दिएको १४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्‍यो। वर्षाका कारण २ घण्टा भन्दा बढी खेल रोकिएपछि २३ ओभरमा घटाइएको थियो। भारतका लागि कप्तान रोहित शर्माले...
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। मलेसियाको बांगीमा आज (सोमबार) भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि, नेपालले सुरुआती खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा बहराइनलाई...
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ। मलेसियाको बांगीमा आज (आइतबार) भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो। भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता...