खेलकुद

नेपाल साफ यु–२० फुटबलको पहिलो खेलमा विजयी
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे। नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो। जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।...
इन्द्रधारा बिष्टलाई ‘हाई अल्टिच्युड’ गल्फको उपाधि
गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको गल्फ प्रतियोगितामा विजयी विष्टले ९ होलको खेलमा ३ अण्डर हान्दै २१ स्कोर बटुले। त्यस्तै, ३ होलमा पार, १ मा त्रिपल बुगी र ५ होलमा बुगी खेले। ५ होलमा पार, एउटामा...
नेपालमा १९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट हुने
नेपालमा १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट हुने भएको छ। छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागि हुनेछन्। यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ।
चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा पराजित
चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीसँग पराजित बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो। जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा...
पेरिस ओलम्पिक म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छिन्। फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन्। ‘वाइल्ड कार्ड’ मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्। महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए। उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी...
काभा महिला भलिबल : भारतकी सालिनी सर्वोत्कृष्ट खेलाडी
भारतकी सालिनी काभा महिला भलिबल नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। बुधबार सम्पन्न फाइनलमा सालिनी काभा नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चयन भएकी हुन्। व्यक्तिगत स्पर्धातर्फ पनि भारतका खेलाडीहरुले बाजी मारे। भारतकी सूर्या र इरानकी काभारिन उत्कृष्ट मिडल ब्लकर बने। यसैगरी, भारतकी जुही उत्कृष्ट सेटर बनिन्। यस्तै,  नेपालकी सरस्वती चौधरी उत्कृष्ट अपोजिट खेलाडी बनिन्। यसैगरी, नेपालकी...
काभा महिला भलिबल : नेपाल फेरिपनि उपविजेतामै सीमित
काभा महिला भलिबल नेसन्स लिगमा उपविजेतामै सीमित बनेको छ। उता, भारतले भने नेपाललाई हराउँदैे उपाधि जितेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो। नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो। यस्तै, दोस्रो सेट भारतले २५–१४ ले जित्यो। यसैगरी, तेस्रो सेट नेपालले २५–२२...
काभा महिला भलिबल : श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो
श्रीलंकालाई हराउँदै इरान काभा महिला भलिबल नेशन्स लिगमा तेस्रो भएको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो। इरानले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१७ ले हरायो। काभा महिला भलिबलको उपाधिका लागि अहिले बेलुकी सवा ५...
विजय नेपालद्धारा पत्रकार अक्षयकोषका लागि सहयोग रकम प्रदान
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान महासचिव विजय नेपालले मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी स्थापना भएको सातौँ वर्षगाँठको अवसरमा मञ्चले बुधबार पोखरामा आयोजना गरेको आफ्नो आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को समीक्षा एवं आय–व्यय कार्यक्रममा नेपालले मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, कोषाध्यक्ष कविता घर्तीमगरलाई ११...
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं स्थापना दिवस मनायो
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब २ लाख रुपैयाँ बचत गरेको छ। मञ्चले बुधबार आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को एक कार्यक्रमबीच स्पोर्ट्स अवार्डको आय–व्यय सार्वजनिक गरेको हो। उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ...