नेपाल वाफ च्याम्पियनसीप फुटबलको फाइनलमा

नेपाल वाफ च्याम्पियनसीप फुटबलको फाइनलमा

Preeti Rai Final

नेपाल पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) च्याम्पियनसीप महिला फुटबलको फाइनलमा पुगेको छ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा मंगलबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालका लागि प्रिती राईले खेलको ९५ औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन्।

यसअघि, नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले खेलको ७६ औँ मिनेटमा बराबरी गोल गरेकी थिइन्।

सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो।

त्यस्तै, लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७ औँ मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले सुरुवाती अग्रता लिएको थियो।

यसअघि, पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब, फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ।

फाइनल खेल बिहीबार हुनेछ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds