लामागाउँ गुम्बा एफसी बिटी कप च्याम्पियन

लामागाउँ गुम्बा एफसी बिटी कप च्याम्पियन

LamaGau, BT Cup Winner

लामागाउँ गुम्बा एफसी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबलको च्याम्पियन बनेको छ।

बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न पोखरा महानगरपालिका–१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो।

उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्‍यो।

यस्तै, उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्‍यो।

लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे।

लामागाउँ गुम्बाका सन्तोष गुरुङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने।

उनले ट्रफिसहित नगद १० हजार पुरस्कार पाए।

लामा गाउँकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने। एट टु नाइन एफसीका मनिल गुरुङ उत्कृष्ट डिफेन्डर, एट टु नाइनकै ध्रुब घिमिरे उत्कृष्ट मिडफिल्डर र एलसी ब्रदर्शका अजित गुरुङ उत्कृष्ट स्ट्राइकर बने। सर्वाधिक गोलकर्ता पनि अजित नै बने।

एन टु क्याफे टुंडिखेल अनुशासित टिम बन्यो। एन टु क्याफेले नगद १० हजार पुरस्कार पायो।

प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापा, क्लबका सल्लाहकारहरु, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगदाताहरुले विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले निरन्तर प्रतियोगिता गर्दै आएको छ।

गत फागुन १ गतेदेखि संचालनमा रहेको सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता थियो।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds