वाफ वुमन्स च्याम्पियनसीप फुटबल : सिरियामाथि नेपालको शानदार जीत

वाफ वुमन्स च्याम्पियनसीप फुटबल : सिरियामाथि नेपालको शानदार जीत

waff womens Nepal vs Syria

२०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ।

मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले नेपाल विजयी बनेको हो ।

नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले १/१ गोल गरे।

अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्।

१३ औँ मिनेटमा अनिताले सिधै कर्नरबाट शानदार गोल गरेकी हुन्।

१९ औँ मिनेटमा साबित्रा भण्डारी ‘साम्बा’ले एक गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन्।

४३ औँ मिनेटमा सिरियाकी नुरु मुस्तफाले एक गोल फर्काए पनि दोस्रो हाफमा रेखा पौडेलले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरिन्।

नेपालले पहिलोपटक यो प्रतियोगितामा सहभागिता जनाएको हो।

प्रतियोगितामा ८ टोली सहभागी छन्।

नेपाल समूह ‘बी’मा रहेको छ।

नेपालसँगै समूहमा प्यालेस्टाइन, इराक र सिरिया छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds