स्वीट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा प्रवेश

स्वीट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा प्रवेश

FFF-09

काठमाडौँ । स्वीट्जरल्यान्ड र आयोजक क्यानडा फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा स्वीट्जरल्यान्डले क्यानडालाई २–१ गोलले हरायो । स्वीट्जरल्यान्ड समूह विजेताको रुपमा अगाडि बढेको हो ।

यता क्यानडा पराजित भएपनि बोस्निया हर्जगोभिनालाई गोल अन्तरमा पछि पार्दै समुह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको हो ।बिहीबार नै भएको खेलमा बोस्निया हर्जगोभिनाले एसियाली टोली कतारलाई १–० गोलले हराएको थियो । हारसँगै कतार विश्वकपबाट बाहिरिएको छ ।

समूहमा अपराजित स्वीट्जरल्यान्डले सात अङ्क बनायो । क्यानडाले चार अङ्क जोड्यो । समान चार अङ्क बनाएको बोस्निया हर्जगोभिनाको पनि नकआउटमा पुग्ने सम्भावना जिवित छ । एजेन्सी 

प्रतिक्रिया