पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि ओमप्रकाश गुरुङले उमेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको स्थानीय संगठन तथा क्षेत्रीय कार्यसमिति (कास्की क्षेत्र नं. १) को नेतृत्व बलियो बनाउने र पार्टी संगठनलाई चुस्त दुरुस्त राख्ने एजेन्डासहित उनले यो उमेदवारी अघि सारेका हुन्। पोखरा विश्वविद्यालयमा अध्ययन रहँदा नेविसंघमा आबद्द हुँदै कांग्रेसको राजनितीमा अगाडि बढेका गुरुङ नेपाली कांग्रेसको १३ औंअधिवेशनमा जिल्ला सदस्यमा सवैभन्दा धेरै मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएका थिए भने १४ औं अधिवेशनमा कास्की १ को क्षेत्रिय सचिवमा बिजयी भएका थिए ।
गुरुङ तल्लो तहका कार्याकर्ता माझ ईमान्दार तथा पार्टी प्रति बफादार कार्याकर्ताको रूपमा चिनिने गर्दछन् । सामाजिक क्षेत्रमा उतिनै क्रियाशिल गुरुङ लाहुरे, लोकसेवा कतै नगइ निरन्तर समाजसेवा र पार्टी संगठनमा क्रियाशील रहेका छन् । गुरुङ आफू कांग्रेसको जरा देखि नै आएको हुदा कांग्रेसका सच्चा कार्याकर्ताहरूले आफुलाई बिजयी बनाउने कुरामा आफू ढुक्क रहेको बताउछन् ।
यस घोषणासँगै उनले पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र अमूल्य मतका लागि अपिल समेत गरेका छन्।
