पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा, १ हजार ३४१ मत खस्यो

पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा, १ हजार ३४१ मत खस्यो

NC-Palika-Election-Photo-scaled

पोखरा ।   नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिका लागि भएको निर्वाचनमा १ हजार ३४१ मत खसेको छ । महानगरका १ हजार ४४८ प्रतिनिधिमध्ये १ हजार ३४१ जना मतदानमा सहभागी भएका हुन् ।

सभापति पदका लागि वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा–६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा छन् । सभापति पदमा तीन जनाको उम्मेदवारी परेसँगै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

यसैबीच पोखरा महानगर कार्यसमितिको सचिव पदमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदका लागि भने निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा भएपछि मतदान सकिएलगत्तै मतगणना पनि सुरु गरिएको छ । समाचार तयार पार्ने बेलासम्म सभापति पदको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

भर्खरै