समाचार

संघीय संसद्का पदाधिकारी र सदस्यले स्वकीय सचिव राख्ने बाटो खुल्यो
पोखरा । संघीय संसद्का सदस्य र पदाधिकारीको स्वकीय सचिवालयसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले यसलाई औपचारिक रूपमा लागू गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यो निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा सूचना आएसँगै कर्मचारीको तह र सुविधाको प्रावधान सुरु भएको छ । सरकारले यो व्यवस्था लागू गरेपछि सचिवालय सञ्चालन...
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
काठमाडौ ।  सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३...
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
काठमाडौँ ।  गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी...
हर्मुजमा नियन्त्रणको लडाइँ तीव्र
दुबई। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबिच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । कुवेतले सोमबार...
ओली, देउवा, माधवकै पथमा बालेन सरकार
काठमाडौं । मुख्यसचिव नियुक्तिमा आफूलाई अनुकूल व्यक्तिको खोजीमा निजामती प्रशासनभित्रको स्थापित विधिलाई मिच्ने काममा प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालकै बाटो पछ्याएका छन् ।निजामती प्रशासनको सर्वोच्च पदको रूपमा रहेको मुख्यसचिवमा आफ्नो विश्वासपात्र खोज्ने अभ्यासलाई चुनौती दिँदै व्यक्तिगत विश्वासभन्दा विधिको पक्षमा वकालत गर्ने जेनजी आन्दोलनको अपमान गर्दै सरकारले वरिष्ठता...
रवि–बालेनबीच ६०–४० अनुपातमा बाँडफाँड गृहकार्य
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा ‘भागबण्डा’ नमिल्दा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीतमा अझै ढिलाइ हुने भएको छ । रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएसँगै केन्द्रीय समिति र पदाधिकारी मनोनयनलाई लिएर पार्टीभित्र आन्तरिक रस्साकस्सी सुरु भएको छ । रिक्त रहेका १२ पदाधिकारी र ५१ मनोनीत केन्द्रीय सदस्य पदमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री...
आज पनि देशभर वर्षाको सम्भावना
पोखरा ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार दिउँसो देशका पहाडी र हिमालीभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान...
पचपन्न प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट 
काठमाडाैं । नेपाल प्रहरीको तथ्यांकअनुसार मुलुकभर सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा मुलुकभर एक लाख ८८ हजार ४७६ दुर्घटना भए । जसमध्ये एक लाख पाँच हजार २७० दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिन्छ । यो कुल दुर्घटनाको ५५.८५ प्रतिशत हो । सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिन्छ । यस अवधिमा मात्रै...
बुवा र भिनाजुलाई फसाउन छिमेकीको हत्या गर्ने युवक पक्राउ
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ। असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला...
७१ लाख रुपैयाँ बराबरको सुन–चाँदी त्रिभुवन विमानस्थलमा बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने प्रयास भएको घटनामा करिब ७१ लाख ७२ हजार १२१ रुपैयाँ बराबरका सुन र चाँदीका गरगहना बरामद गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार १६ गते काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीबाट परीक्षण गर्दा सुन तथा चाँदीजस्तै देखिने गरगहनाहरू फेला परेका हुन्।...

Copy - Advertisement


 

This will close in 10 seconds