समाचार

बुवा र भिनाजुलाई फसाउन छिमेकीको हत्या गर्ने युवक पक्राउ
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ। असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला...
७१ लाख रुपैयाँ बराबरको सुन–चाँदी त्रिभुवन विमानस्थलमा बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने प्रयास भएको घटनामा करिब ७१ लाख ७२ हजार १२१ रुपैयाँ बराबरका सुन र चाँदीका गरगहना बरामद गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार १६ गते काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीबाट परीक्षण गर्दा सुन तथा चाँदीजस्तै देखिने गरगहनाहरू फेला परेका हुन्।...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको हो ।
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक विशेष समारोहबिच पार्टी सभापति रवि लामिछानेले उहाँहरूलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भने उपस्थिति हुनुभएन । चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट ६ जना...
विदेशमा दैनिक चार नेपालीको गुम्छ ज्यान
काठमाडौँ, असार १६ गते । ‘जाँदा आकाशमा र फर्कंदा बाकसमा’ चर्चित यो गीतले भनेझैँ वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्कनेक्रम चिन्ताजनक देखिएको छ । घरपरिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर बिदेसिएका युवा निर्जीव शरीर बनेर फर्कंदा उनीहरूका परिवारमा पर्ने पीडा हृदयविदारक छ । यस्तो पीडा दैनिक चार युवाको परिवारले भोग्ने गरेको...
आर्थिक वर्ष सकिन दुई साता बाँकी रहँदा विकास बजेट ३५ प्रतिशत मात्र खर्च
काठमाडाैं । चालु आर्थिक वर्ष सकिन करिब दुई साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको एक तिहाइ पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १३ गतेसम्म सरकारले पुँजीगत बजेटको ३४.८७ प्रतिशत अर्थात् एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ मात्र खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि...
आज राष्ट्रिय धान दिवस
काठमाडौँ । आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । आधा असार सकिन लाग्दा...
फेवातालमा माछा मार्ने क्रममा डुबेर मृत्यु
पाेखरा । कास्कीको पोखरा महानगरमा माछा मार्ने क्रममा बुधबार डुबेर एक जनाको ज्यान गएको छ । पोखरा–१८, खपौदी स्थित फेवातालमा साँझ साढे ५ बजे माछा मार्ने क्रममा डुबेर बेपत्ता पोखरा–९, नयाँबजार बस्ने ३४ वर्षीय शंकर नेपालीको ज्यान गएको हो । नेपालीलाई साँझ ६ बजे सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको...
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
काठमाडौँ । देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली  प्रदेशमा २२।८...
विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगियो
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याएको छ। सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद...