समाचार

इन्धनको मूल्य बढेर आयो, निगमले मूल्य बृद्धि नगर्ने
काठमाडौं । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ। भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमनले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ ४४ पैसा, डिजेलमा २० रुपियाँ २१...
गण्डकीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
पोखरा ।  देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी,...
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ । सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ...
भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
काठमाडौं । रसुवामा गत भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  २० लाख सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विपद्को समयमा आवश्यक राहत तथा...
पहिरोले थुनिएको सोलुखुम्बुको हुँगा खोला बग्न थाल्यो, तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब ४० मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो। दूधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले  टेलिफोनमा कुरा गर्दै भने, ‘खोला ठूलै छ । एकछिन त पूरै थुनिएको थियो । करिब...
जलवायु क्षतिपूर्तिका लागि नेपालले खोज्यो न्युजिल्यान्डको साथ
काठमाडौँ । जलवायु क्षतिपूर्तिका लागि नेपालले न्युजिल्यान्डलाई समेत रचनात्मक सहयोगका लागि अनुरोध गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज भएको टेलिफोन वार्तामा भोटेकोशी बाढी र जलवायु न्यायका विषयमा छलफल भएको हो । प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्य तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता सबै...
पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय युवाको मृत्यु
पोखरा । पोखरा–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब १ बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना. ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग.७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीका अनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुन चौपारी ५...
पाेखरा पूर्वमेयर मानबहादुर जिसीलाई पितृ शाेक
पोखरा । पोखरा महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता मानबहादुर जिसीका पिता एवं पूर्वस्थानीय जनप्रतिनिधि नरबहादुर जिसीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा २८ कालिकास्थित निवासमा मंगलबार जिसीको ९२ वर्षको उमेरमा म‌ंगलबार निधन भएको हो । १९९२ साल साउन ८ गते साविक कालिका गाउँ विकास समिति वडा नम्बर ५ देवमणि (देउमाडी) जन्मिएका जिसी...
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड रुपैयाँ मौज्दात
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि परिचालित प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले राहत तथा उद्धारका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट रकम संकलन भई...
पोखरा ल्याइएका ७६ शव व्यवस्थापन, २१ को सनाखत, ५ अस्पतालमै
पोखरा। बाढीपहिरोका कारण ज्यान गुमाएर पोखरा ल्याइएका १०२ जनामध्ये पहिचान हुन नसकेका ७६ शव जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ । पोखरा ल्याइएका शव सोमबार पोस्टमार्टम सकेपछि पहिचान हुन नसकेका शव मंगलबार पोखरा १६ दीपस्थित सेती नदी किनारको जंगलमा व्यवस्थापन गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका...