काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दैछ । सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभा बिहान ११ बजे भद्रकालीबाट र्याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।...