समाचार

ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त
दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संयुक्त अरब इमिरेट्स, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै चिन्ता व्यक्त गर्नु भएको हो । केही दिनदेखि चुनावी प्रचारप्रसार घरदैलोमा गृह नगर झापाको दमकमा रहनुभएका ओलीले...
नेपालबाट हुने ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।...
इजरायलको आक्रमणमा परी इरानमा ४० विद्यार्थीको मृत्यु
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।...
मौनअवधिमा विशेष निगरानी गरिने आयुक्त राणाको भनाइ
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न अपिल गर्नुभएको छ । आयुक्त...
गण्डकीमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ । कार्यालयले गण्डकी प्रदेशका ११ जिल्लामा समन्वय तथा सहजीकरण गर्दै निर्वाचन सम्पन्न गर्ने तयारी गरेको हो। गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रदेशमा पुरुष ९ लाख...
निर्वाचन आउन ६ दिन बाँकी,
आजदेखि निवार्चन मत परिणाम घाेषणा नहुँदासम्म मदिराजन्य पदार्थ बेच्न र सेवनमा प्रतिबन्ध
काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल  स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन...
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
मुस्ताङ ।  माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ । जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल...
निर्वाचनको समयमा निषेध गरिएका कार्य गरेमा कारबाही गर्न आयोगको अनुरोध
काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न...
फागुन २० देखि लगातार ५ दिन सार्वजनिक बिदा
पोखरा ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ३ दिन सार्वजनिक बिदा हुने भएको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले ३ दिन बिदा दिने निर्णय गरेको हो...