समाचार

ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ । केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य...
रास्वपा महाधिवेशनमा सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयरीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ । यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको ‘डोम’ बनाउने काम सुरु भएको हो ।...
एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियान चलाउने भएको छ । पार्टीका सबै केन्द्रिय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइने बताइएको छ ।...
मकवानपुरकाे भीमफेदीमा सवारी दुर्घटनामा २ को मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो। सवारी दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार र यादव...
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
काठमाडौं ।सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि, रङ्ग पहिचानमा समस्या, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्नसक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी...
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्ड छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। उनले यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् । मंगलबार (आज) पद बहालीपछि आयोजित कार्यक्रममा उनले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड’ का विगतमा तयार गरिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको पुनरावलोकन गर्दै...
कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना
काठमाडौँ । आज (बुधबार) देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत कर्णाली र...
नेपालमा मनसुन भित्रन तम्तयार
काठमाडौँ । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा...
पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी
पोखरा। देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी,...
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम...

Copy - Advertisement


 

This will close in 10 seconds