पोखरा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको बिहरीबार सम्मको अपडेट अनुसार बाढीमा परी ३ सय ८९ जनाको मृत्यु भएको छ । ८६६ जना घाइते तथा उद्धार गरिएको छ।
प्रहरीका अनुसार रसुवामा १६, धादिङ ३३, गोरखा ३२, नुवाकोटका २८, चितवन १३७, तनहुँ २८ र नवलपरासी पश्चिमका २७ जनाकाे शव फेला परेको छ । घाइते तथा उद्धार गरिएका व्यक्तिमध्ये रसुवाका २५९, नुवाकोटका ९०, धादिङका ३, र काठमाडौंका ५४ जना रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
बाढीपछि प्रभावित क्षेत्रमा नेपाल प्रहरीसहित सबै सुरक्षा निकायले खोज, उद्धार तथा राहतलाई निरन्तरता दिएका छन्। भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा अझै सतर्कता अपनाउन आग्रह गरिएको छ।