समाचार

सर्वोच्चले निर्णय नदिँदा रविको शपथ र गृहमन्त्रीको यात्रा अन्योलमा
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन एउटा रिट निवेदनका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण अन्योलमा पर्ने देखिएको छ । सर्वो च्च अदालतले लामिछानेमाथि लागेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सदर गरे उनलाई गृहमन्त्री बनाउने रास्वपाको तयारी छ । लामिछानेविरुद्ध दायर सहकारी ठगी मुद्दासँगै जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण...
कार्की आयोग प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगर्ने निष्कर्षमा सरकार
काठमाडौं । चौतर्फी दबाबबीच अन्तरिम सरकार अन्ततः जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेको छ । गत २३ र २४ भदौको घटना’bout जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गत २४ फागुनमा बुझाएको प्रतिवेदनलाई सरकारले गत १ चैतमा ग्रहण गरेको थियो । मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदन ग्रहण र सार्वजनिक गर्ने...
विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ ।  हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी...
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाल)का नेता भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ। पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन्। उनी पर्यटनमन्त्री हुँदा विमानस्थलको...
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
तनहुँ । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी...
नेपालको व्यापार घाटा ११ खर्बनजिक
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म आइपुग्दा नेपालको वैदेशिक व्यापार संरचनामा सुधार संकेत देखिए पनि समग्र सन्तुलन भने झन् कमजोर बनेको छ । भन्सार विभागका अनुसार मुलुकले करिब ११ खर्ब रुपैयाँबराबरको व्यापार घाटा ब्यहोरेको छ । कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्बभन्दा बढी हुँदा आयात १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भ्रष्टाचार, २१ जनाविरुद्ध ४६ करोडभन्दा बढी बिगाे
काठमाडौं । चर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्को ठूलो भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । आयोगले पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढीको बिगो दाबीसहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगद्वारा आइतबार दायर मुद्दामा पूर्वसचिव अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन...
संसद् अधिवेशनका लागि तयारी पूरा
काठमाडौँ ।नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् बैठक...
दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै  कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही...
१२ चैतमा सांसदको, १३ चैतमा प्रधानमन्त्रीको शपथ
काठमाडाैं । रास्वपाका उच्चतहका नेताको बैठकले प्रधानमन्त्रीको शपथग्रहणका लागि आगामी १३ चैत तय गरेको छ । संघीय संसद् सचिवालयले १२ चैतमा नवनिर्वाचित सांसदको शपथग्रहण तय गरेपछि नेताहरूले १३ चैतमा प्रधानमन्त्रीको शपथ मिति तय गरेका हुन् । रास्वपा अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपाध्यक्षद्वय डिपी अर्याल तथा स्वर्णिम वाग्लेबीच बिहीबार बसे को बैठकले...