प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आज बस्दै

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आज बस्दै

balen shaha

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची रहेको परिषद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि परिषद् सचिवालयले बैठकको तयारी पूरा गर्दै सदस्यहरुलाई औपचारिक पत्राचार गरेको हो। संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको नेतृत्व रिक्त हुनुअघि वा रिक्त भइसकेपछि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान छ।

बैठकमा सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुनेछन्।

सचिवालयका एक अधिकारीका अनुसार न्याय परिषद्बाट प्राप्त नामहरुमाथि छलफल गरी योग्य व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी गरिएको छ। परिषद्बाट सिफारिस भएपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ भने अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ। न्यायपालिकाको नेतृत्व लामो समय खाली नराख्ने उद्देश्यसहित सरकारले प्रक्रिया अगाडि बढाएको बताइएको छ।

प्रतिक्रिया

भर्खरै