समाचार

पश्चिमी वायुको प्रभावले बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाकाअनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु...
शिक्षालय र कर्मचारीतन्त्रमा कुनै दलको झण्डा र झोला बोक्न पाइँदैन : प्रधानमन्त्री बालेन
पोखरा । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्न सरकारले अध्यादेशमार्फत राजनीतिक दलको झण्डा र झोला बोक्न निषेध गर्ने निर्णय गरेको बताएका छन् । वर्षौंदेखि जरा गाडेको दलगत राजनीतिले शिक्षा र निजामती प्रशासनको गुणस्तर खस्किएको ठहर गर्दै सरकारले यस्तो कदम चालेको हो । प्रधानमन्त्री शाहले सामाजिक संजालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार अब...
बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो । स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा...
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
मनिला । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार दिउँसो २ः०९ बजे (०६०९ जिएमटी) गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ । भूकम्प समर प्रान्त अन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित...
अध्यादेश जारी भएसँगै १ हजार ५ सय ९४ पदाधिकारी पदमुक्त हुँदै
काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।  नेपाल...
मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा
काठमाडौं । मृत्यु भइसकेको व्यक्तिको नाममा नक्कली जग्गाधनी खडा गराई जग्गा नामसारी गराउन नियामक सरकारी कार्यालयदेखि जनप्रतिनिधिको मिलेमतो भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । फर्जी कागजात खडा गरी जग्गा हत्याउने प्रयासमा संलग्न ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । रुपन्देहीको सियारी गाउँपालिकामा...
प्रधानमन्त्रीका चाहना रोक्ने सबै ऐन संशोधनको प्रक्रियामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो चाहनाअनुसारका काम गर्न कानुनी अवरोध गर्ने सबै ऐन संशोधन गर्न तथा संवैधानिक अंगमा अनुकूल नियुक्ति गर्न ५ अध्यादेशलाई राष्ट्रपतिको काँधमा राखिदिएका छन् । राष्ट्रपतिको काँधबाट फायरिङ गर्ने रणनीतिक अस्त्रको रूपमा प्रधानमन्त्री शाहले मंगलबार दुई अध्यादेश दर्ता गराएकोमा बुधबार थप ३ अध्यादेशलाई राष्ट्रपति कार्यालय शीतल निवासमा दर्ता गराएका हुन् । प्रधानमन्त्री...
पश्चिमी वायु प्रभावले देशभर बदली
पोखरा। देशमा पश्चिमी  तथा स्थानीय वायुको प्रभावसँगै  पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश  स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने...
भूकम्प स्मृति दिवसः २०७२ को त्रासदी सम्झिँदै सचेतनाको सन्देश
काठमाडौं । आज वैशाख १२ गते । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा देशभर विभिन्न कार्यक्रम गरी भूकम्प स्मृति दिवस मनाइँदैछ। वि.सं. २०७२ वैशाख १२ गते शनिबार पूर्वाह्न ११:५६ बजे  गाेखराको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपालभर ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पका कारण करिब ९ हजार जनाको ज्यान...
गण्डकीसहित देशका  केही स्थानमा वर्षा र चट्याङको सम्भावना
पोखरा ।  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम...