बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Indra-baniya-cover-1024×500

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो । स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।

विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो ।उनको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको स्रोतले बतायो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए  । अहिले पनि विभिन्न व्यवसायीक कम्पनीहरूमा उनको लगानी छ ।

प्रतिक्रिया