समाचार

अमेरिकी-इजरेली हमलामा ‘इरानका सर्वोच्च नेता खामेनेई मारिएका’ ट्रम्पको दाबी
तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका डोनल्ड ट्रम्पले बताएका छन्।ट्रम्पले “इरानी जनता”, “अमेरिकी जनता” र “विश्वभरि धेरै मानिसका निम्ति” “न्याय” भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्। उनले बमबारी “जारी रहने भन्दै “इरानी जनताका लागि “उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको” टिप्पणी गरेका छन्।अमेरिका र इजरेलले इरानमाथि आक्रमण...
युद्धमा होमियो मध्यपूर्व, त्रासमा नेपाली
अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव भएपछि नेपालीमा त्रास बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ। इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली...
इरानले बनायाे मध्यपूर्वका अमेरिकी सैन्य अड्डालाई निसाना
इजरायल र अमेरिकाले शनिबार इरानको राजधानी तेहरानमा गरेको भीषण सैन्य आक्रमणपछि तेहरानले जवाफी हमला गरेको छ। तेहरानले इजरायलमा सयौँ मिसायल एकैपटक प्रहार गर्दा अमेरिकाका मध्यपूर्वमा रहेका सैन्य बेसमा पनि उसले मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गर्दा ४०० क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले इजरायल मात्र होइन, कतार, बहाराइन र युएईमा...
ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त
दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संयुक्त अरब इमिरेट्स, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै चिन्ता व्यक्त गर्नु भएको हो । केही दिनदेखि चुनावी प्रचारप्रसार घरदैलोमा गृह नगर झापाको दमकमा रहनुभएका ओलीले...
नेपालबाट हुने ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।...
इजरायलको आक्रमणमा परी इरानमा ४० विद्यार्थीको मृत्यु
काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।...
मौनअवधिमा विशेष निगरानी गरिने आयुक्त राणाको भनाइ
काठमाडौँ। निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न अपिल गर्नुभएको छ । आयुक्त...
गण्डकीमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ । कार्यालयले गण्डकी प्रदेशका ११ जिल्लामा समन्वय तथा सहजीकरण गर्दै निर्वाचन सम्पन्न गर्ने तयारी गरेको हो। गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रदेशमा पुरुष ९ लाख...
निर्वाचन आउन ६ दिन बाँकी,
आजदेखि निवार्चन मत परिणाम घाेषणा नहुँदासम्म मदिराजन्य पदार्थ बेच्न र सेवनमा प्रतिबन्ध
काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल  स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन...