कलम सहकारीको रक्तदानमा १०७ यूनिट रगत संकलन

कलम सहकारीको रक्तदानमा १०७ यूनिट रगत संकलन

Messenger_creation_E0B1FE20-23A1-4037-B862-C499441CF869

पाेखरा, ७ भदाै । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा बुधबार पाेखराकाे पालीखेचोकमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना गरिएकाे रक्तदानमा १०७ यूनिट रगत संकलन भएकाे छ ।
सम्पन्न १३ औ खुल्ला रक्तदान कार्यक्रम कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरी सापकोटाको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीकाे प्रमुख आतिथ्यतामा गरिएकाे हाे ।
प्रमुख अतिथि भण्डारीले रक्तदाता कलम साकोसका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा कलम सहकारीका पुर्व अध्यक्ष,सल्लाहकार तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका सल्लाहकार सभापति ऋषिराम भण्डारी, पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, कलम सहकारी तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका सल्लाहकार ज्ञान बहादुर कार्की, सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन पोखरेल,प्रादेशिक रक्त संन्चारका ईन्चार्ज अर्जुन ज्ञवाली, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कलम बचत तथा ऋण सहकारी संस्था तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका ब्यवसायीहरू र भ्याली टेक्निकल ट्रेडिङ इन्स्टीच्युटबाट सक्रिय सहभागिता रहेको कार्यक्रममा कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव लाल प्रसाद पाठकले संचालन,कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशराज बरालले स्वागत मन्तव्य राखेका थिए भने पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका अध्यक्ष गोबिन्द गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया