Breaking 1

कास्कीमा नदीजन्य पदार्थ उत्खनन् गर्न रोक
पोखरा । कास्कीमा असारबाट नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको छ । जिल्ला अनुगमन समितिको बिहीबार बसेको बैठकले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो । ढुंगा, गिटी ,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कानुनी व्यवस्था बमोजिम उक्त निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख...
पोखरामा आपराधिक विश्वासघात तथा एक्सर्टसन मुद्दामा ३ जना पक्राउ
पोखरा ।  पोखरा महानगरपालिका वडा नं. ४ स्थित एक सुनचाँदी पसलका सञ्चालकसँग जबर्जस्ती रकम असुली गर्ने नियतले योजना बनाई धाकधम्की दिएको आरोपमा तीन जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि आपाराधिक विश्वासघात तथा आपराधिक लाभ (Extortion) सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार, सोही पसलमा काम गर्ने मरियम राई...
पोखरामा जारी प्रचण्ड कप महिला भलिबलमा पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा
पोखरा । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र...
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार
पोखरा । पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटना स्थलबाट चार जनाको सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बिच भागमा खसेको थियो । दिउसो करिब ३ बजे भएको दुर्घटनामा तत्कालै सशस्त्र प्रहरीको टोलीले  रेस्क्यु गरेको थियो ।...
नेपाल भित्रिएको मनसुन कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो
काठमाडाैं ।  गत जेठ १५ गते कोशी प्रदेशमा  प्रवेश गरेको मनसुन पूर्वी एसियातर्फ फर्किएको छ। मनसुनको प्रभाव कम हुँदा पूर्वी नेपालमा बाढी आएको थियो भने देशभर तापक्रम वृद्धि भएको छ। मौसमविद्का अनुसार भोलिदेखि नेपालका केही क्षेत्रमा फेरि बदली हुने सम्भावना छ, जसले वर्षा गराउन सक्छ। काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही...
पोखरामा २१ वर्षीय युवाको शव फेला
पोखरा । पोखरामा एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका १५ वन विज्ञान अध्ययन संस्थान क्याम्पस नजिकैको सडकमा तनहुँ भीमादका २१ वर्षीय मनोज भुजेलको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । भुजेलको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । सोमबार बिहान करिब साढे ५ बजेको समयमा...
गण्डकीमा सडक सुरक्षा र ट्राफिक सचेतना सप्ताह सुरु (कार्यक्रम तालिकासहित)
पोखरा । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो । “जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नाराका सप्ताहव्यापी अभियान सुुरु गरिएको हो । नेपाल...
एक्सपर्ट एजुकेसन  क्रिकेटको फाइलन आज, उपाधिका लागि प्रतिभा र सृजना मावि भिड्ने
पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार...
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर, सांसदपद निलम्बन
काठमाडाैं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको संसद पद निलम्बनमा परेको छ । सभामुख देवराज घिमिरेले उनको संसद पद निलम्बनमा परेको जानकारी दिए । अध्यक्ष नेपालसँग १८...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम  आाज सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका...