Breaking 1

सरकारी जागिर छाड्ने बढ्दै
काठमाडौँ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई...
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच  कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका...
पोखराका तालहरु सफाइ गर्न पोखरा महानगर र लक्ष्मी हाउसबिच सम्झौता
पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी...
न्युयोर्कको जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा निरौला चयन
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित जमैका नेपाली समाजको अधिवेशन र समर पिकनिक भएको छ । अधिवेशनले पुष्कर खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा भीम न्यौपाने, सचिव पारस भारद्वाज(निरौला), कोषाध्यक्ष साजन पौडेल छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कार्की, भुपेन्द्र बज्रचार्य, विनोद केसी, दीपक घिमिरे,...
नाग पञ्चमीपर्व आज मनाइँदै
पोखरा । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ...
कोरला नाका नियमित सञ्चालन गरी व्यापार, पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न गण्डकीका मुख्यमन्त्रीको चीनसँग प्रस्ताव
पोखरा ।  गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्कनुभएको छ । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ फर्कनुभएको हो । भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव महामहिम Wang Zhonghu सँग भेट गर्नुभयो ।...
गोसाइँकुण्डमा डुबेका दुईको शव निकालियो
काठमाडौं। रसुवा जिल्लाको  गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ । साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली...
महिलाकाे अदृश्य संघर्ष
‘छुट्टी त बिरामी भएपछि अस्पतालको बेडमा मात्र मिल्छ’
प्रमिसा सिलवाल । पोखरा बहु भूमिकामा छन् ४५ वर्षीया शान्ता थापा । साँझ–बिहान घर र पसल सम्हाल्ने थापा दिउँसो पर्यटन निर्देशनालयमा कार्यालय सहयोगी छन् । बिहान ५ बजे उठेर घरको सरसफाइ, पूजापाठ सकेर ६ बजे उनी पार्दीस्थित आफ्नो फ्रेस हाउस खोल्न पुग्छिन् । साढे २ घण्टा जति पसलमा काम गरेर फेरि घर खाना पकाउन जान्छिन्...
एक सय पचासी पालिकाको पारित भएन बजेट
काठमाडौ‌‌‌‌। चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् । गत असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आआफ्ना गाउँ र नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय तथा व्ययसहितको बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने कानुनी...
साउने संक्रान्ति पर्व आज मनाइँदै
आज साउन १ गते । साउने  सङ्क्रान्ति पर्व आज  मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका...