पोखरा । पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटना स्थलबाट चार जनाको सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बिच भागमा खसेको थियो ।

दिउसो करिब ३ बजे भएको दुर्घटनामा तत्कालै सशस्त्र प्रहरीको टोलीले रेस्क्यु गरेको थियो । सकुशल उद्धार गरेको हो । उद्धार गरिएकाहरूमा जिल्ला काभ्रे धुलिखेल न.पा.१ का वर्ष ३० का पाइलट मिलन शाह (अग्नि प्याराग्लाइडिङ पोखरा) यात्रु भारत बनारस बस्ने वर्ष ४१ को अकलेस यादव, पोखरा महानगरपालिका ६ का वर्ष २८ विश्वास अधिकारी पाइलट (happy fly प्याराग्लाइडिङ पोखरा) यात्रु भारत बनारस बस्ने वर्ष ३५ को चन्दन कुमार पटेल रहेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सुर्यप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयाे ।

This will close in 10 seconds