Breaking 1

पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर सम्पन्न भएको हो । राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै...
खर्चमा संयमता अपनाउन अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चालु आर्थिक वर्षको बजेट खर्च गर्दा प्राथमिकता र आवश्यकता अनुसार मात्रै स्रोत प्रयोग गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “राज्यका सीमित स्रोतलाई प्रभावकारी र उत्तरदायी ढङ्गले प्रयोग...
निर्वाचन गराउने कार्य तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ। निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको  छलफलमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालन लगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गर्नुभएको हो...
जेनजी आन्दाेलनमा क्षति भएका भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी...
‘युवापुस्ताको भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनोस्’
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव युवानेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उहाँले...
सर्वोच्च अदालतको इजलास पालमुनिबाटै सञ्चालन
काठमाडौं।  सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पूरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी...
राष्ट्रिय शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौं । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए ।...
चुनाव गराउन निर्वाचन आयाेग तयारीमा जुट्दै
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषय संविधानसँग जोडिएको भन्दै त्यसबारेमा मौन रहे पनि स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम...
तीन जना मन्त्रीको शपथग्रहण आज
काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा तीन नयाँ सदस्य समावेश गर्ने निर्णय गरेकी छन् । उनले पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीको जिम्मेवारी दिने सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार आगामी सोमबार तिनीहरूको शपथग्रहण हुने तय भएको छ । अधिवक्ता अर्याल काठमाडौं...
प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार
पोखरा । नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हालेकी छन्। जेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरेकी थिइन्। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर...